झापामा आज २ को मृत्यु, मेचीनगर ८ सहित ९० जनामा कोरोना संक्रमण
मेचीनगर । झापामा आज ९० जना संक्रमित थपिएका छन् । केहिदिन अघि संक्रमित भएकामध्ये २ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका ११ वटा पालिकामा ३८ महिला र ५२ जना पुरुषसहित ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
दमक नगरपालिकामा १८ महिलासहित ४९ जना, मेचीनगर नगरपालिकामा ४ महिलासहित ८ जना, बिर्तामोड नगरपालिकामा ३ जना पुरुष, भद्रपुर नगरपालिकामा २ महिलासहित ७ जना, अर्जुनधारा नगरपालिकामा २ महिलासहित ४ जना, कनकाई नगरपालिकामा ६ महिलासहित ८ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
यसैगरी, कमल गाउँपालिकामा २ जना महिला, बुद्वशान्ति गाउँपालिकामा १ जना पुरुष, हल्दीबारी गाउँपालिकामा १ जना महिला, कचनकवल गाउँपालिकामा २ जना पुरुष, शिवसताक्षी नगरपालिकामा १ महिलासहित २ जना, झापा गाउँपालिकामा १ महिलासहित २ जना र पालिका नखुलेका १ जना महिला संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।
त्यस्तै आज मृत्यु हुनेमा १ महिला र १ जना पुरुष छन् । भद्रपुर–८ का ७३ वर्षीय पुरुष र मेचीनगर–४ की ८२ वर्षीया महिलाको विराटनगर स्थित कोशी कोभिड–१९ अस्पतालमा कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।
झापामा हालसम्म ३२ हजार ५४६ स्वाब संकलन गरिएका मध्ये ३ हजार ३६१ जना संक्रमित छन् । जिल्लामा हालसम्म ९६ जनाको मृत्यु भइसकेको छ । सकृय संक्रमित ९९२ र निको भएर घर फर्किएका २ हजार २७३ रहेको चौलागाईले बताए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
