आजदेखि काँकरभिट्टामा सिटी लिग यु–१४ फुटबल प्रतियोगिता
काँकरभिट्टा । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा आजदेखि केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको सुरु हुँदैछ । उद्घाटन खेलमा आज ह्याप्पी क्लब र क्लासिक वारियर्सबीच काँकरभिट्टा खेल मैदानमा दिउसो ३ : ३० बजे हुने छ । प्रतियोगितामा मेचीनगरका- ४ वटा टिमको सहभागिता रहेको छ ।

फुटबल प्रतियोगिता विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नुका साथै उपविजेताले ३० हजार र ट्रफी प्राप्त गर्ने क्लबका अध्यक्ष मिनबहादुर बस्नेतले बताए । सिटी लिग यु–१४ फुटबल प्रतियोगिता जेठ २८ गतेसम्म सञ्चालन हुने छ ।

त्यसैगरी आयोजकले सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार १ सय, सर्वाधिक गोलकर्तालाई ४ हजार १ सय, उत्कृष्ट फर्वड, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षकलाई जनही ३ हजार १ सय र खेलको म्यान अफ दी म्याचलाई ५ सय तथा प्रत्येक खेलको इमर्जाीगं प्लेयरलाई ५ सय रुपैयाँ मुल्य बराबरको गिफ्ट हेम्पर प्रदान गर्ने जनाएको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
