मेचीनगर–१० मा एमालेको प्यानलै विजयी

मेचीनगर । मेचीनगर–१० नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
सोमबार दिउसो ४ः३० वजेको नतिजा अनुसार वडा नम्बर १० को ६००५ मतगणना हुँदा एमालेबाट वडाध्यक्षका उम्मेद्वार खनालले २४०५ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका ईन्द्र लिम्बुलाई १९० मतको अन्तरले हराएर खनाल विजयी भएका छन् । लिम्बुले २२१५ मत प्राप्त गरेका छन् ।
यता महिला सदस्यमा एमालेकी जानुका थापाले २५७९, दलित महिला सदस्य लीलादेवी दर्नालले २३४६, खुल्ला सदस्य विशाल कार्कीले २४३५ र अर्का खुल्ला सदस्य सोमनाथ ओजाले २२०६ मत ल्याएर विजयी भएका छन् ।

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलले...

मेचीनगर । राजवंशी समाज विकास समिति मेचीनगर– ७...

बिर्तामोड । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा...

दमक । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी...