मेचीनगर अपडेट : मेयर १२६, उपमेयर ९८८ मतले एमालेकाे अग्रता
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर २, १४ र १५ मा एमालेको मेयरमा १२६ र उपमेयरमा ९८८ मतको अन्तरले अग्रता बढ्दै गएको छ ।
मंगलबार दिउसो ४ः३० वजे सम्मको नतिजा अनुसार ६४५१ मत गणना गर्दा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले २५७१ मत ल्याएका छन् । मेयरमा एमालेको १२६ मतको फरक रहेको छ ।
त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले २४४५, राप्रपाका रमेश दाहालले ३९७ मत ल्याएका छन् ।

यता उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेती २४३३, माओवादी केन्द्र प्रकाश भण्डारी १४४५, राप्रपाकी सविना बजगाईको ८२३, भालेले १७७ र डिल्लीराम घिमिरेको धाराले ५५ मत ल्याएका छन् । उपमेयरमा एमालेको ९८८ मतको फरक छ ।
यसैगरी, वडा नम्बर २ को वडाध्यक्षमा एमाले ३०६, हँसिया हतौडाको ३२४, हाँस २२८, भाले ३१, वडा नमबर १४ को वडाध्यक्षमा एमालेको २७३, हँसिया हतौडाको ३२४, हलोको २९ र वडा नम्बर १५ को वडाध्यक्षमा एमाले ३११, कांग्रेसको ४१३, हलोले ८७ र भालेले ३८ मत प्राप्त गरेको निर्वाचन कार्यालय मेचीनगरले जनाएको छ ।
मेयर, उपमेयरमा १४६ तथा वडाध्यक्ष र वडा सदस्यमा ४८ मत बदर भएको कार्यालयले जनायो ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

