मेचीनगर अपडेट : मेयर १२६, उपमेयर ९८८ मतले एमालेकाे अग्रता
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर २, १४ र १५ मा एमालेको मेयरमा १२६ र उपमेयरमा ९८८ मतको अन्तरले अग्रता बढ्दै गएको छ ।
मंगलबार दिउसो ४ः३० वजे सम्मको नतिजा अनुसार ६४५१ मत गणना गर्दा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले २५७१ मत ल्याएका छन् । मेयरमा एमालेको १२६ मतको फरक रहेको छ ।
त्यस्तै कांग्रेसका मेयरका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले २४४५, राप्रपाका रमेश दाहालले ३९७ मत ल्याएका छन् ।

यता उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेती २४३३, माओवादी केन्द्र प्रकाश भण्डारी १४४५, राप्रपाकी सविना बजगाईको ८२३, भालेले १७७ र डिल्लीराम घिमिरेको धाराले ५५ मत ल्याएका छन् । उपमेयरमा एमालेको ९८८ मतको फरक छ ।
यसैगरी, वडा नम्बर २ को वडाध्यक्षमा एमाले ३०६, हँसिया हतौडाको ३२४, हाँस २२८, भाले ३१, वडा नमबर १४ को वडाध्यक्षमा एमालेको २७३, हँसिया हतौडाको ३२४, हलोको २९ र वडा नम्बर १५ को वडाध्यक्षमा एमाले ३११, कांग्रेसको ४१३, हलोले ८७ र भालेले ३८ मत प्राप्त गरेको निर्वाचन कार्यालय मेचीनगरले जनाएको छ ।
मेयर, उपमेयरमा १४६ तथा वडाध्यक्ष र वडा सदस्यमा ४८ मत बदर भएको कार्यालयले जनायो ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
