झापाको दमकमा धारिलो हतियार प्रहार गरि श्रीमतीको हत्या

झापा । दमक १ का चुडामणी भण्डारीले आफनै श्रीमतीको हत्या गरेका छन् ।आज साँझ कमल ६ जोगीचौंन स्थित आफनो खेतीमा गएको समयमा भण्डारीले अन्दाजी ३७ बर्षीया श्रीमती टिकामाया पौडेललाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
भण्डारीले श्रीमती किन हत्या गरे भन्ने बिषय खुल्न बाँकी रहेको र थप अनुसन्धान भईरहेको दमक प्रहरीले जनाइएको छ । हत्यामा संलग्न भण्डारीलाई नियन्त्रणमा लिइसकेको पण्डितले जानकारी दिए ।

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलले...

मेचीनगर । राजवंशी समाज विकास समिति मेचीनगर– ७...

बिर्तामोड । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा...

दमक । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी...