मेचीनगरमा स्थगित भएको मतगणना भर्खरै सुचारु
मेचीनगर । मेचीनगरमा हिजो मध्यरातबाट स्थगित भएको मतगणना सुचारु गर्ने राजनीतिक दलहरुबीच सहमति भएको छ ।
वडा नं १ को मतगणना भइरहँदा स्थगित भएको थियो । गणना स्थलमा प्रतिनिधि राख्ने विषयमा एमाले र माओवादी केन्द्रबीच विवाद भएको थियो ।

आज बसेको सर्वपक्षीय बैठकले मतगणना सुचारु गर्ने सहमति गरेको निर्वाचन अधिकृत वेदराज फुयलले जानकारी दिए । सहमति अनुसार केहीबेरमा मगणना सुरु हुँदैछ । हिजो वडा नं १ को ४२८ मत गणना भइसकेको थियो । उक्त वडामा ३४ मत खसेको छ ।

अब बाँकी मत गणना गर्ने र वडा नं १५ पनि गणना सुरु गर्ने बताइएको छ । वडा नं १ को ४२८ मत गणना भइसक्दा मेयर र उपमेयर दुवै पदमा एमालेले अग्रता लिएको छ ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

