मेचीनगरको मतगणना स्थलमा प्रतिनिधिहरुले मागे बस्ने कुर्सी
मेचीनगर । मेचीनगर नगर नगरपालिकाको मतगणना १ः२० बाट सुरु भएको छ । मेचीनगर १ को कृष्ण निमावि गाडागल्डी मतदान केन्द्रको मतपेटिकाको सिल खोलेर मतगणना सुरु भएको हो । मतगणना स्थालमा राजनीतिक दलका एक एक जना प्रतिनिधिलाई सहभागी गराइएको छ । हिजो भएको मतदानमा मेचीनगर १ मा ३५ सय मत खसेको थियो ।

यसैबीच, सिल खोलेर मतगणना सुरु गर्नै लाग्दा राजनीतिक दलका प्रतिनिधिहरुले बस्ने कुर्सी माग गरेका छन् । उनीहरुले आफूहरुलाई बस्ने कुर्सीको व्यवस्थापन नगरे मतगणना अघि बढाउन नमिल्ने अडान लिएका छन् ।

मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
