एमाले मेचीनगर ८ : टोल टोलमा कोणसभा

इटाभट्टा । नेकपा एमाले मेचीनगर ८ ले पहिलो चरणको घरदैलो अभियानलाई पुरा गरेर शनिबारदेखि दोस्रो चरणको कोण सभाको कार्यक्रम सुरु गरेको छ । निर्वाचन परिचालन कमिटीको आयोजनामा वडाका बिभिन्न टोलमा पुगेर कोड सभा गर्ने र आफूले पाँच वर्षमा गर्ने कार्यक्रमका बारेका जानकारी गराउँदै उम्मेद्वारहरु मतदातासँग भोट मागिरहेका छन् ।
शनिवार दोस्रो चरणको पहिलो कार्यक्रम दुर्गा मन्दिरमा आयोजना गरिएको थियो । उम्मेद्वारहरुले मन्दिरमा कसम खाएर आफूहरु इमान्दार भएर समृद्ध वडा निर्माणमा लाग्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
वडाध्यक्षका प्रत्यासी बिकेन्द्र धिमालले आफूले यस अघि प्राप्त गरेका अनुभवलाई उर्जामा बदलेर वडाको विकासमा लाग्ने बताए । धिमालले आफूले पाँच वर्षे कार्याकालमा वडामा थुपै्र विकासमा कार्याक्रम सम्पन्न गरेको दावी गरे । सडक स्तर उन्नती, कालोपत्रे सडक निर्माण , स्वास्थ्य, र शिक्षामा काम गरेको र आगामी दिनमा छुटेका र अधुरा काम पुरा गरेर नमूना वडा बनाउनेगरी अभियान थाल्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा वडा सदस्यका उम्मेद्वारहरु कुन्दन निरौला, बिष्णु भट्टराई, मनकुमारी गिरी, दलित महिला सदस्य कविता खनाल सार्की लगायतले आफ्ना प्रतिवद्धता इमान्दारी पूर्वक पुरा गर्ने बताएका थिए ।
निर्वाचन परिचालन कमिटीका संयोजक हिमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मिलन बिश्वकर्माले गरेका थिए ।

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...