एमाले मेचीनगर ८ : टोल टोलमा कोणसभा
इटाभट्टा । नेकपा एमाले मेचीनगर ८ ले पहिलो चरणको घरदैलो अभियानलाई पुरा गरेर शनिबारदेखि दोस्रो चरणको कोण सभाको कार्यक्रम सुरु गरेको छ । निर्वाचन परिचालन कमिटीको आयोजनामा वडाका बिभिन्न टोलमा पुगेर कोड सभा गर्ने र आफूले पाँच वर्षमा गर्ने कार्यक्रमका बारेका जानकारी गराउँदै उम्मेद्वारहरु मतदातासँग भोट मागिरहेका छन् ।

शनिवार दोस्रो चरणको पहिलो कार्यक्रम दुर्गा मन्दिरमा आयोजना गरिएको थियो । उम्मेद्वारहरुले मन्दिरमा कसम खाएर आफूहरु इमान्दार भएर समृद्ध वडा निर्माणमा लाग्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

वडाध्यक्षका प्रत्यासी बिकेन्द्र धिमालले आफूले यस अघि प्राप्त गरेका अनुभवलाई उर्जामा बदलेर वडाको विकासमा लाग्ने बताए । धिमालले आफूले पाँच वर्षे कार्याकालमा वडामा थुपै्र विकासमा कार्याक्रम सम्पन्न गरेको दावी गरे । सडक स्तर उन्नती, कालोपत्रे सडक निर्माण , स्वास्थ्य, र शिक्षामा काम गरेको र आगामी दिनमा छुटेका र अधुरा काम पुरा गरेर नमूना वडा बनाउनेगरी अभियान थाल्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा वडा सदस्यका उम्मेद्वारहरु कुन्दन निरौला, बिष्णु भट्टराई, मनकुमारी गिरी, दलित महिला सदस्य कविता खनाल सार्की लगायतले आफ्ना प्रतिवद्धता इमान्दारी पूर्वक पुरा गर्ने बताएका थिए ।
निर्वाचन परिचालन कमिटीका संयोजक हिमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मिलन बिश्वकर्माले गरेका थिए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
