बिर्तामोड वाणिज्य संघको साधारणसभा र निर्वाचन स्थगित
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको साधारणसभा र निर्वाचन कार्यक्रम स्थगित भएको छ । संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले साधारणसभा र निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको बढ्दो संक्रमणको जोखिमलाई मनन् गरी जिल्ला प्रशासन कार्यालय झापाको अनुरोध अनुसार कार्यक्रम स्थगित गरिएको अध्यक्ष भट्टराईले बताए ।
संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीका अनुसार गत कात्तिक २८ गते जिल्ला प्रशासन कार्यालयले पत्राचार गरी भीडभाड हुने कार्यक्रम स्थगित गर्न अनुरोध गरेपछि विहीवार बसेको संघको बैठकले त्यस्तो निर्णय गरेको हो । संघको गत असोज ६ गतेको बैठकले मंसीर ७ गते साधारणसभा र पुस ७ गते नयाँ कार्यसमिति चयनका लागि निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको संघका महासचिव भेषराज भण्डारी प्रशान्तले जानकारी दिए ।

के छ जिल्ला प्रशासनको पत्रमा ?
मिति २०७७।०७।१४ गते बसेको डीसीसीएमसी (डिस्ट्रिक कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर) बैठकबाट कोभिड–१९को संक्रमण बढ्दो क्रममा रहेकोले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न÷गराउन र भीड जम्मा हुने कार्यक्रम, धार्मिक सांस्कृतिक कार्यक्रम, साप्ताहिक, हाट बजार, भेला, छलफल, गोष्ठीको आयोजना नगर्न झापा जिल्लास्थित सम्पूर्ण राजनीतिक दलहरु, सरकारी कार्यालयहरु, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, यातायात व्यवसायी, विभिन्न गैरसरकारी संघ–संस्था लगायत आम झापावासी दिदीबहिनी तथा दाजुभाइहरुमा अनुरोध गर्न निर्णय समेत भएको हुँदा भीडभाड हुने क्रियाकलापहरु हाललाई नगर्न÷नगराउन हुन आदेश अनुसार अनुरोध छ ।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


