को हुन गोपालचन्द्र बुढाथोकी ?
मेचीनगर । वि.सं. २०३८ सालदेखि नेपालको कम्युनिष्ट राजनीतिमा सुपरिचित नाम हो गोपालचन्द्र बुढाथोकी । २०३८ सालमा झापाको धुलाबारी माविबाट विद्यार्थी हुँदाका बखत सुरु गरेको राजनीति यात्रामा बुढाथोकीले झापालाई कर्मथलो बनाउँदै थुप्रै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् ।
औपचारिक शिक्षामा आईएसम्म अध्ययन गरेका बुढाथोकीले आफ्नो परिवारको आर्थिक कमजोरीका कारण वि.सं. २०४१ सालमा औपचारिक शिक्षालाई छोडेर यातायात मजदुरका रुपमा काम गर्न थालेका थिए ।
मेची बस व्यवसायी संघमा ३ कार्यकाल सचिवको जिम्मेवारी निर्वाह गर्दै महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषको संस्थापक उपसमितिमा २ कार्यकाल उनले पूरा गरे । यातायात मजदुरको क्षेत्रमा पार्टीको संगठन विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेका बुढाथोकीले २०४६ सालको जन आन्दोलनमा आफूलाई अझ सक्रिय बनाए ।

वि.सं. २०४७ सालमा नेकपा एमाले धुलावारी गाउँ कमिटीको उपसचिव, २०५० सालमा धुलाबारी गाउँ कमिटीको सचिव, २०५३ सालमा मेचीनगर नगरपालिका गठनपछि पार्टीको मेचीनगर कमिटीको संस्थापक सचिव भई पार्टीको जिम्मेवारी सम्हाल्दै आएका बुढाथोकीले झापा क्षेत्र नं. १ को एक कार्यकाल पार्टी अध्यक्षको अनुभव समेत प्राप्त गरेका छन् ।

दुई कार्यकाल पार्टीको झापा जिल्ला कमिटी सदस्य र क्षेत्रीय इञ्चार्ज बनेका बुढाथोकी २०७४ मा झापा क्षेत्र नं. १ को प्रदेश ख क्षेत्रबाट प्रदेश सांसद पदमा निर्वाचित बने । हाल पार्टीको प्रदेश कमिटी सदस्य र झापा क्षेत्र नं.१ को क्षेत्रीय इञ्चार्ज पदमा सेवारत बुढाथोकी मेचीनगर नगरपालिकाको प्रमुखका लागि हाल घरदैलो अभियानमा जुटेका छन् ।

आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
