‘समृद्ध नेपाल निर्माणको लागि राप्रपालाई मत’
कनकाई । राष्ट्रिय प्रजातन्त्र पार्टी कनकाई नगरपालिकाकी उपमेयर पदकी उम्मेदवार सचित्रा खनाल चुडालले देशको मुहार फेर्न र समृद्ध नेपाल निर्माणको लागि राप्रपालाई अमूल्य मत दिएर विजयी गराउन अनुरोध गरेकी छिन् ।
ठूला दलहरुले राजनीतिलाई कमाइ खाने भाँडो बनाएको र देश चरम भ्रष्टचारको दलदलमा फस्दै गएको बताउँदै खनालले भनिन्,‘ देशमा भ्रष्टचार गर्नु आमाको रगत खानु सरहो त्यसैले हामीले भ्रष्टचार नगर्ने संकल्प गरेका छौँ ।’ देशमा दिगो विकास र आमूल परिवर्तनका लागि राप्रपाको विकल्प नभएको उनको भनाई थियो ।

चुडालले हरेक क्षेत्रमा भ्रष्टचार, नातावाद कृपावाद बढेको र देश असफल राष्ट्र बन्ने खतरा बढ्दै गएको बताइन् । जवरजस्ती लादिएको संधियता नेताहरुलाई कमाइ खाने भाँडो बनेको र जसका कारण देशको अर्थतन्त्र कमजोर बन्दै गएको भन्दै धान्नै नसक्ने संघियता खारेज हुनुपर्ने उनको भनाई थियो ।

विश्वको एक मात्र हिन्दुराष्ट्र नेपाललाई भ्रष्ट नेताहरुले आर्थिक प्रलोभनमा परेर धर्म निरपेक्ष राष्ट्र घोषणा गरेर ८५ प्रतिशत सनातन धर्मावलम्बीहरुको आस्ता माथि प्राहार गरेको बताउँदै नेपाललाई पुनः हिन्दुराष्ट्र सहितको राजतन्त्रको पक्षमा राप्रपाले अभियान थालेको बताइन् । भ्रष्ट नेताहरुकै कारण आज नेपालमा राजनीतिलाई फोहोरी खेलको रुपमा हर्न थालिएको उनको भनाई थियो ।

मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
