‘मेचीनगरको मुहार फेर्न सूर्यलाई भोट’
मेचीनगर । नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले मेचीनगरको मुहार फेर्न पनि पुरानो विरासत फर्काउन जरुरी रहेको बताएका छन् ।
आइतबार काँकरभिट्टामा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मेचीनगरले आयोजना गरेको १३३ औँ अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा कोइरालाले यस्तो कुरा बताएका हुन् ।
२०५४ सालमा स्थापना भएको मेचीनगर नगरपालिकामा पहिलो मेयरका रुपमा उनै कोइराला थिए । नेता कोइराला नगरप्रमुखका रुपमा एमालेबाट निर्वाचित भएका थिए ।
१५ वर्षसम्म नगरपालिकामा जनप्रतिनिधि थिएनन् । नगरपालिका कर्मचारीको भरमा १५ वर्ष चल्यो ।
२०७४ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट मेयरमा विमल आचार्य निर्वाचित भएका थिए । उपमेयर मिना पोखरेल उप्रेतीसहित बहुमत सदस्य एमालेबाट निर्वाचित भएका थिए ।

एमाले झापाका सहइन्चार्ज समेत रहेका नेता कोइरालाले त्यो पुरोना विरासत फर्काउन पनि यसपटक एमालेबाट सक्क्षम र इमानदार नेतालाई जिताउन जनता लाग्नु पर्नेमा जोड दिएका थिए । उनले मजदुरको हितमा काम गर्न राज्यका सबै अंगहरुको आँखा खुलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा एमालेबाट मेयरका उम्मेद्वार गोपाचन्द् बुढाथोकीले राज्यले मजदुरलाई गर्ने विभेद अन्त्य गर्नु पर्ने बताए । उपमेयरकी उम्मेद्वार मिना उप्रेतीले नगरमा अलपत्र रहेका अधुरा कामहरु पुरा गर्न बाँकी रहेको बताएकी छन् ।

कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार सदस्यद्वय विष्णु प्रसाई, भीम खवास, प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, क्षेत्र नम्बर १ का कार्यबहाक अध्यक्ष टिकाराम मंग्राती, नगर अध्यक्ष राजु पोखरेल, ६ नम्बर वडाका वडाध्यक्षका उम्मेद्वार बालकृष्ण थापा, मजदुर नेताहरु भरत राई, एकराज तिम्सिना, खडानन्द भण्डारी लगायतको उपस्थिती रहेको थियो ।
जिफन्टका नगर अध्यक्ष राजकुमार सुवेदीको अध्यक्षता र सचिव गणेश चौहानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

