‘मेचीनगरको मुहार फेर्न सूर्यलाई भोट’
मेचीनगर । नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले मेचीनगरको मुहार फेर्न पनि पुरानो विरासत फर्काउन जरुरी रहेको बताएका छन् ।
आइतबार काँकरभिट्टामा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मेचीनगरले आयोजना गरेको १३३ औँ अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा कोइरालाले यस्तो कुरा बताएका हुन् ।
२०५४ सालमा स्थापना भएको मेचीनगर नगरपालिकामा पहिलो मेयरका रुपमा उनै कोइराला थिए । नेता कोइराला नगरप्रमुखका रुपमा एमालेबाट निर्वाचित भएका थिए ।
१५ वर्षसम्म नगरपालिकामा जनप्रतिनिधि थिएनन् । नगरपालिका कर्मचारीको भरमा १५ वर्ष चल्यो ।
२०७४ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट मेयरमा विमल आचार्य निर्वाचित भएका थिए । उपमेयर मिना पोखरेल उप्रेतीसहित बहुमत सदस्य एमालेबाट निर्वाचित भएका थिए ।

एमाले झापाका सहइन्चार्ज समेत रहेका नेता कोइरालाले त्यो पुरोना विरासत फर्काउन पनि यसपटक एमालेबाट सक्क्षम र इमानदार नेतालाई जिताउन जनता लाग्नु पर्नेमा जोड दिएका थिए । उनले मजदुरको हितमा काम गर्न राज्यका सबै अंगहरुको आँखा खुलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा एमालेबाट मेयरका उम्मेद्वार गोपाचन्द् बुढाथोकीले राज्यले मजदुरलाई गर्ने विभेद अन्त्य गर्नु पर्ने बताए । उपमेयरकी उम्मेद्वार मिना उप्रेतीले नगरमा अलपत्र रहेका अधुरा कामहरु पुरा गर्न बाँकी रहेको बताएकी छन् ।

कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार सदस्यद्वय विष्णु प्रसाई, भीम खवास, प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, क्षेत्र नम्बर १ का कार्यबहाक अध्यक्ष टिकाराम मंग्राती, नगर अध्यक्ष राजु पोखरेल, ६ नम्बर वडाका वडाध्यक्षका उम्मेद्वार बालकृष्ण थापा, मजदुर नेताहरु भरत राई, एकराज तिम्सिना, खडानन्द भण्डारी लगायतको उपस्थिती रहेको थियो ।
जिफन्टका नगर अध्यक्ष राजकुमार सुवेदीको अध्यक्षता र सचिव गणेश चौहानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
