बाह्रदशीमा एमालेले फर्काउँदैछ गुमेको विरासत
बिर्तामोड । शिक्षासेवी देवेन्द्र चम्लागाईको उम्मेद्वारीले बाह्रदशीका मतदाताको अनुहारमा खुशी देखिएको छ । नेकपा एमालेले बाह्रदशी गाउँपालिका अध्यक्षमा चम्लागाईलाई उम्मेद्वार बनाएपछि स्थानीय मतदाता उत्साहित भएका छन् ।
एमालेले अध्यक्षमा चम्लागाईलाई र उपाध्यक्षमा शान्ता खरेललाई उम्मेद्वार बनाएको छ । अध्यक्ष, उपाध्यक्षसहित वडाध्यक्ष र सदस्य पद्का उम्मेद्वारहरु मनोनयन दर्तापछि घरदैलो गरिरहेका छन् । घरदैलोमा उम्मेद्वारहरुले अपेक्षाभन्दा धेरै माया पाएको बताएका छन् ।
एमालेका उम्मेद्वारहरुले हालसम्म वडा नं. २ र ३ नम्बरमा मतदाता भेट गरिसकेका छन् भने आइतवार वडा नं. ५ पनि शुरु गरिएको छ । राजगढ बजार, राधा नगर घुमिसकेको एमाले आइतवार ओली गाउँमा केन्द्रीत भएर चुनावी प्रचार गरिरहेको छ । चुनावी घरदैलोमा अध्यक्ष पदका उम्मेद्वार चम्लागाई र उपाध्यक्ष पदका उम्मेद्वार खरेलसहित वडा नं. ३ का वडाध्यक्षका उम्मेद्वार सुरेन्द्र राजवंशी र वडा नं. ५ का वडाध्यक्ष पदका उम्मेद्वार जीवन खरेल र सदस्यहरु मतदाताको घरघर पुग्दै सुर्यमा मतदान गर्न आव्हान गरिरहेका छन् ।

??????
नेकपा एमाले बाह्रदशीको चुनावी घरदैलो अभियानमा स्थानीय मतदाताले यस पटक एमालेलाई निर्वाचित गर्न सहयोग गर्ने प्रतिक्रिया दिइरहेका छन् । मतदाताले यस पटक नयाँ नेतृत्व सबैको चहाना भएको भन्दै शिक्षासेवीलाई मतदान गरेर विजयी गराउने बताइरहेका छन् ।
अधिकांश मतदाताहरुले चम्लागाईको बाह्रदशीमा नामै काफी भएको बताउँदै आशिर्वाद दिइरहेका छन् । बाह्रदशीमा विकास, संमृद्धिका लागि उनको आवश्यकता भएको अधिकांशको भनाई छ ।
मतदाता भेट गर्दै अध्यक्ष, उपाध्यक्षले विकास, संमृद्धिका लागि बाह्रदशीमा एमालेको नेतृत्व आवश्यक भएको बताइरहेका छन् ।
बाह्रदशीमा यसअघिको निर्वाचनमा नेपाली कांग्रेसले अध्यक्ष, उपाध्यक्ष जितेको थियो । एमालेले अध्यक्ष,उपाध्यक्ष बाहेक वडा नं. १,२,३, ५ र ६ सहित बहुमत जीत हासिल गरेको थियो । एमालेबाट अध्यक्षका उम्मेद्वार बनेका चम्लागाईले बाह्रशीमा गुमेको विरासत फर्काउने रणनीति रहेको बताएका छन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
