एमाले मेचीनगरको घरदैलो अभियान : छमछमी नाचे मजदुर (फोटो फिचर)
मेचीनगर । एमालेको घरदैलो कार्यक्रममा गाँउमा मजदुरहरू छमछमी नाच्दै, गाउँदै हिड्न थालेका छन् ।

आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेकपा एमाले मेचीनगर कमिटीले घरदैलो अभियानलाई तीव्र पारिरहेकै बेला गाँउमा मजदुरहरू छमछमी नाच्दै, गाउँदै हिड्न थालेका हुन् ।

गाँउ गाँउ पुगेका उम्मेद्वारहरुलाई के युवायुवती, के वृद्ववृद्वा सबै जनता सयपनि एमाले मै पनि एमालेको गीतमा छमछमी नाचीरहेका छन् । एमालेले ल्याएका नयाँ गीतले त झन बस्तीहरू जुरुक् जुरूक् जाग्न थालेका छन् ।

शनिबार मेचीनगर–१५ को मजदुर बस्ती, फडानी वस्ती, भिन्डी बस्ती, कमलेस मर्डी, निलकोटी चोक, मिल चोक, विचारर्नी, हेल्दुवाडी लगायतमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
घरदैलो कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्यद्वय विष्णु प्रसाईं, भीम खवास, संविधान सभा सदस्य मानसिंह राजबशी, मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकी, उम्मेद्वार मीना पोखरेल उप्रेती, १५ नम्बरका वडाध्यक्षका उम्मेद्वार मुरलिधर कोइरालाले सम्बोधन गरेका थिए ।

कार्यक्रममा कालिका, बैभव, बंशल टि–स्टेटका मजदूरहरुको उल्लेखनीय सहभागिता रहेको थियो । उम्मेद्वारहरुले त्यस क्षेत्रका सडक, पुल, जग्गाका समस्याहरुलाई समाधान गरिने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा एमाले नेताहरु कोटिया राजबशी, नरेश विक, शोभा खवास, मोहन काजी, सुशील आचार्य, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन मेचीनगर–१५ का प्रचार प्रसार समितिका संयोजक जीवन सापकोटाले गरेका थिए ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

