‘आयो सूर्य आयो’ भन्दै सुरु भयो एमालेको घरदैलो कार्यक्रम
मेचीनगर । नेकपा एमाले मेचीनगरले आज वडा नं. १४ बाट चुनावी घरदैलो अभियान सुरु गरेको छ ।
मेयर र उपमेयरका उम्मेद्वारहरु गोपालचन्द्र बुढाथोकी र मीना उप्रेतीसहित वडाका पाँचै जना एमालेका उम्मेद्वार घरदैलोमा सहभागी छन् ।
‘आयो सूर्य आयो’ भन्दै विभिन्न जनवादी गीत गाउँदै, नाच्दै, रमाउँदै स्थानीय जनताले यसपाली मेयरसहित सबै पदमा सूर्य ध्वजावाहक उम्मेद्वारहरुलाई जिताउने बचनबद्धता प्रकट गरेका छन् ।

घरदैलो कार्यक्रममा वडा नं. १४ का एमालेको वडाध्यक्षका उम्मेद्वार एवम् लोकप्रिय कम्युनिष्ट नेता शंकर पोखरेल र वडा सदस्यका उम्मेद्वारहरुलाई स्थानीयबासीले जितको शुभकामना व्यक्त गरेका छन् ।
नेकपा एमालेका केन्द्रीय सल्लाहकार विष्णु प्रसाई र भीम खवास तथा पार्टीका प्रदेश कमिटी सदस्य राजु कार्कीको विशेष उपस्थितिले घरदैलो कार्यक्रममा हौसला थपिएको कार्यक्रमको सहजकर्ता एवम् मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य निरु परियारले बताइन् ।

घरदैलो अभियान वडा नं. १४ को टोल टोलमा पुगेको छ भने जहाँ जाँदा पनि जनताको अपार समर्थन मिलेको परियारले जानकारी दिइन् ।
भोट माग्दै उम्मेद्वारसहितको टोली मुस्लिम समुदायको वस्तीमा पुगेको थियो । मुस्लिम समुदायले यसपाली नेकपा एमालेका विकासप्रेमी एवम् सूर्य ध्वजावाहक उम्मेद्वारहरुलाई भोट दिने बताएका छन् ।

स्थानीय मजदुर, सुकुम्बासी र महिलाको अपार सहभागिता रहेको घरदैलो कार्यक्रम निरन्तर अघि बढिरहेको नेकपा एमाले मेचीनगरले जनाएको छ ।

मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
