स्थानीय निर्वाचनमा उठ्न प्रदेश १ का दुई सांसदले दिए राजीनामा
स्थानीय निर्वाचनमा उठ्न प्रदेश १ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेशसभा सचिव गोपाल पराजुलीका अनुसार प्रदेश सांसद काजिमान कागते र गोपाल चन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् ।
कागते इलाम क्षेत्र नम्बर १ ख र बुढाथोकी झापा १ को ख बाट निर्वाचित भएका थिए । नेकपा एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको पराजुलीले बताए ।
स्थानीय तह निर्वाचनमा कागते इलामको सूर्याेदय नगरपालिका र बुढाथोकी मेचिनगर नगरपालिकामा उठ्नको लागि प्रदेश सासंदबाट राजीनामा दिएका हुन् ।
नेकपा एमालेले बुढाथोकीलाई मेचीनगर नगरपालिकाको मेयरमा नाम टुङ्गो लगाएको छ ।
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२...
मेचीनगर । व्यवसायिक रुपमा पर्यटन प्रर्वदर्नको विकासमा फड्को मार्दै...
विर्तामोड । आदर्श स्कुल अफ मेनेजमेन्ट तथा लिंकन...
मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण,...
मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण,...
मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण...