जसपा मेचीनगरको भोलि मोटरसाइकल र्याली
मेचीनगर । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर जनता समाजवादी पार्टी नेपाल (जसपा) मेचीनगर समितिले मंगलबार मोटरसाइकल र्याली गर्ने भएको छ ।
सोमबार काँकरभिट्टामा जसपा मेचीनगरले पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी गराएको हो ।
जसपा मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङका अनुसार मेचीनगर–७ को आयाबारीबाट सुरु भएको मोटरसाइकल र्याली काँकरभिट्टा पुगेर ईटाभट्टा आउने र त्यहाँबाट बाहुनडाँगी, बुद्वशान्ति, मंगलाबारे, धुलाबारी हुँदै भद्रपुरमा पुगेर कोणसभामा परिणत हुनेछ ।
मोटरसाइकल र्यालीमा ४०० जना भन्दा बढीको सहभागिता हुने उनले जानकारी दिए । आगामी बैशाख ३० गते ७५३ वटै स्थानीय तहको चुनाव हुँदैछ । त्यसका लागि मेचीनगरको १५ वटै स्थानीय तहको चुनावका लागि जपसा तयारी अवस्थामा रहेको बताएको छ ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

