‘मेचीनगरका सामुदायिक विद्यालयहरुमा कम्युटर टेक्निकल एजुकेशन’
मेचीनगर । गोर्खा मेमोरियल फ्रण्ड युकेका केन्द्रीय अध्यक्ष धनकिरण गुरुङले आगामी दिनमा मेचीनगरका सामुदायिक विद्यालयहरुमा कम्युटर टेक्निकल एजुकेशनको व्यवस्था गरिदिने बताएका छन् ।
पत्रकारसँगको संक्षित भेटघामा उनले सन २०२३ र २४ मा मेचीनगरका विद्यालयहरुमा कम्युटर टेक्निकल एजुकेशनको व्यवस्था गरिदिने बताएका हुन् ।
मेची अस्पताल भद्रपुरलाई पनि २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री दिने तयारी भएको उनले बताए ।
मेचीनगरमा गोर्खा भवन बनाउने ‘ड्रिम प्रोजेक्ट’ रहेको अध्यक्ष गुरुङले सुनाए ।

‘पूर्वी नाका काँकरभिट्टा गार्खालीहरुका लागि मुख्य ट्रान्जिट पोइन्ट हो’, अध्यक्ष गुरुङले भने–‘गोर्खालीहरुको सुरुक्षा र हितका लागि पनि गोर्खा भवन बनाउन आवश्यक रहेको छ । नगरबासी र गार्खालीहरुको साथ सहयोग पाए निकट भविश्यमा बनाउने योजना रहेको छ ।’
अध्यक्ष गुरुङले प्रोजेक्टरमार्फत आफ्ना सामाजिक र राजनीतिक गतिविधिबारे प्रकाश पारेका थिए ।
मेचीनगर निवासी गुरुङ बेलायतबाट केहिदिनका लागि झापा आएका हुन् । उनी मंगलबार त्यसतर्फ फर्किदैछन् । फोक्सटन सिटीका पूर्व काउन्सिलर समेत रहेका समाजसेवी गुरुङले यसअघि पनि झापा लगायत नेपालका केहि विद्यालयहरुमा कम्युटर जडान गरिदिएका थिए ।
कार्यक्रममा फ्रण्ड युकेका केन्द्रीय अध्यक्ष गुरुङ, गोर्खा मेमोरियल फाउण्डेशन नेपालका कार्यबाहक अध्यक्ष गंगालाल गुरुङ, हिकोला हेरिटेज होटलका सञ्चालक एवम् साहित्यकार देविभक्त श्रेष्ठ लगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन गोर्खा मेमोरियल फाउण्डेशन नेपालका महासचिव जगत गुरुङले गरेका थिए ।
मेचीनगर नगरपालिकासँग बेलायतको फोक्सटन सिटीले केहि वर्षअघि मितेरी साइनो लगाएको थियो । नगरपालिकालाई फ्रण्डले दमकल, एम्बुलेन्स, स्वास्थ्य सामाग्री पनि सहयोग गर्दै आएको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
