‘मेचीनगरका सामुदायिक विद्यालयहरुमा कम्युटर टेक्निकल एजुकेशन’

मेचीनगर । गोर्खा मेमोरियल फ्रण्ड युकेका केन्द्रीय अध्यक्ष धनकिरण गुरुङले आगामी दिनमा मेचीनगरका सामुदायिक विद्यालयहरुमा कम्युटर टेक्निकल एजुकेशनको व्यवस्था गरिदिने बताएका छन् ।
पत्रकारसँगको संक्षित भेटघामा उनले सन २०२३ र २४ मा मेचीनगरका विद्यालयहरुमा कम्युटर टेक्निकल एजुकेशनको व्यवस्था गरिदिने बताएका हुन् ।
मेची अस्पताल भद्रपुरलाई पनि २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री दिने तयारी भएको उनले बताए ।
मेचीनगरमा गोर्खा भवन बनाउने ‘ड्रिम प्रोजेक्ट’ रहेको अध्यक्ष गुरुङले सुनाए ।
‘पूर्वी नाका काँकरभिट्टा गार्खालीहरुका लागि मुख्य ट्रान्जिट पोइन्ट हो’, अध्यक्ष गुरुङले भने–‘गोर्खालीहरुको सुरुक्षा र हितका लागि पनि गोर्खा भवन बनाउन आवश्यक रहेको छ । नगरबासी र गार्खालीहरुको साथ सहयोग पाए निकट भविश्यमा बनाउने योजना रहेको छ ।’
अध्यक्ष गुरुङले प्रोजेक्टरमार्फत आफ्ना सामाजिक र राजनीतिक गतिविधिबारे प्रकाश पारेका थिए ।
मेचीनगर निवासी गुरुङ बेलायतबाट केहिदिनका लागि झापा आएका हुन् । उनी मंगलबार त्यसतर्फ फर्किदैछन् । फोक्सटन सिटीका पूर्व काउन्सिलर समेत रहेका समाजसेवी गुरुङले यसअघि पनि झापा लगायत नेपालका केहि विद्यालयहरुमा कम्युटर जडान गरिदिएका थिए ।
कार्यक्रममा फ्रण्ड युकेका केन्द्रीय अध्यक्ष गुरुङ, गोर्खा मेमोरियल फाउण्डेशन नेपालका कार्यबाहक अध्यक्ष गंगालाल गुरुङ, हिकोला हेरिटेज होटलका सञ्चालक एवम् साहित्यकार देविभक्त श्रेष्ठ लगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन गोर्खा मेमोरियल फाउण्डेशन नेपालका महासचिव जगत गुरुङले गरेका थिए ।
मेचीनगर नगरपालिकासँग बेलायतको फोक्सटन सिटीले केहि वर्षअघि मितेरी साइनो लगाएको थियो । नगरपालिकालाई फ्रण्डले दमकल, एम्बुलेन्स, स्वास्थ्य सामाग्री पनि सहयोग गर्दै आएको छ ।

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...