चारआली जेसिजले देखायो ‘फर्मूला’
चारआली । लागु औषध दुर्वसनी विरुद्धको कचहरी नाटक ‘फर्मूला’ मेचीनगर नगरपालिका वडा नं. १३ का विभिन्न स्थानमा प्रस्तुत गरिएको छ । चारआली जेसिज र सामुदायिक प्रहरी साझेदारी वडा समिति वडा नं.१३ को संयुक्त आयोजना तथा मेचीनगर नगरपालिका वडा नं. १३ को संयोजनमा भएको नाटकमा बदलिदो समय अनि अभिभावकको बढ्दो ब्यस्तताले आफ्ना सन्तानहरु कसरी कुलतमा सरिक हुन्छन् भन्ने यथार्थ समाजिक चित्रण गरिएकोे थियो ।

परिवर्तन थिएटर काँकरभिट्टाका कलाकारहरुले प्रस्तुत गरेको नाटक मेचीनगर नगरपालिका वडा नं.१३ को आइतवारे हटिया, चारआली चोक, मिलन टोल, उत्तरगंगा टोलमा प्रस्तुत गरिएको हो ।

चारआली जेसिजका अध्यक्ष विरु बेघाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नं.१३ का वडाध्यक्ष कृष्णराज सिग्देल रहेका थिए ।

चारआली जेसिजका उपाध्यक्ष नेत्रप्रसाद मिश्रले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन सह कोषाध्यक्ष सन्देश न्यौपानेले गरेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
