धानको बाला टिप्दा थ्रेसरमा सारी बेरिएर महिलाको मृत्यु
झापा । थ्रेसर लगाएर धान झार्र्ने क्रममा आज विहान एक महिलाको मृत्यु भएको छ । थ्रेसरमा च्यापिएर मृत्यु हुनेमा बाह्दशी गाउँपालिका वडा नं. ६ बालुवानी बस्ने ४७ बर्षीया लीलादेवी चापागार्ईं रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोही वडा बस्ने भूपाल प्रसाईको मे १ त ६६०१ नम्बरको ट्याक्टरमा थ्रेसर जडान गरी आज विहान धान झारिरहेको बेला भूईमा झरेको धानको बाला टिप्ने क्रममा फितामा सारी बेरिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार सुरुमा महिलाको कपडा र कपाल तानेपछि थ्रेसरले उनको शरीरलाई पनि भित्रै तानेको थियो । मृतक महिलाको शब पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पतालमा पठाइएको छ ।
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...


