धानको बाला टिप्दा थ्रेसरमा सारी बेरिएर महिलाको मृत्यु
झापा । थ्रेसर लगाएर धान झार्र्ने क्रममा आज विहान एक महिलाको मृत्यु भएको छ । थ्रेसरमा च्यापिएर मृत्यु हुनेमा बाह्दशी गाउँपालिका वडा नं. ६ बालुवानी बस्ने ४७ बर्षीया लीलादेवी चापागार्ईं रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोही वडा बस्ने भूपाल प्रसाईको मे १ त ६६०१ नम्बरको ट्याक्टरमा थ्रेसर जडान गरी आज विहान धान झारिरहेको बेला भूईमा झरेको धानको बाला टिप्ने क्रममा फितामा सारी बेरिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार सुरुमा महिलाको कपडा र कपाल तानेपछि थ्रेसरले उनको शरीरलाई पनि भित्रै तानेको थियो । मृतक महिलाको शब पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पतालमा पठाइएको छ ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
