जन्मदिनको अबसरमा चिमरियाले गरिदिए ३७ विपन्न घरपरिवारको स्वास्थ्य बीमा
धुलाबारी । सामाजिक अभियान्ता राजन चिमरियाले मेचीनगरका सबै वडालाई समेटेर ३७ विपन्न घरपरिवारको स्वास्थ्य बीमा गरिदिएका छन् ।
मेचीनगर–१२ निवासी चिमरियाले प्रत्येक वडाका २ देखि ३ घरपरिवारको छनोट गरी उनीहरुको निशुल्क बीमा गरिदिएका हुन् । बीमा बापतको कुल रकम १ लाख २९ हजार पाँचसय रुपैयाँ सम्बन्धित वडाका बीमाकर्तालाई हस्तान्तरण गरिएको छ । सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत प्रतिघरपरिवार ३ हजार ५ रुपैयाँ पर्दछ । सो वापतको रकमले करिब १ लाख रुपैयाँको उपचार सुविधा पाइन्छ ।

लामो समयदेखि डेरी व्यवसाय गर्दै आएका चिमरियाले स्वास्थ्य, शिक्षा, कृषि खेलकुद क्षेत्रमा सहयोग गर्दै आएका छन् । मंगलबार मेचीनगर–१० स्थित नागलडुब्बा पुल दक्षिणको बस्ती आयोजित एक भव्य कार्यक्रमकाबीच चिमरियाले गरिब परिवारको स्वास्थ्य क्षेत्रमा सहयोग गरेका हुन् । उनले यस किसिमका सामाजिक सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

आफ्नो व्यवसायबाट भएको आम्दानीको केही हिस्सा सामाजिक क्षेत्रमा लगानी गर्ने प्रण गरेका चिमरिया यही कात्तिक १७ गतेदेखि ४८ वर्ष पुगेका छन् । आफ्नो जन्मोत्वसको अवसर पारेर उनले स्वास्थ्य बीमा रकम हस्तान्तरण गरेका हुन् ।
नेकपा माओवादी केन्द्र मेचीनगर वडा नं. १० का इन्चार्ज दलबहादुर कट्टेलको अध्यक्षतामा भएको बीमा रकम हस्तान्तरण कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार मुकुलचन्द्र राजवंशी ‘मोहन बा’, प्रदेश कमिटी सदस्य डिल्लीराम घिमिरे ‘हिक्मत’, प्रदेश कमिटी सदस्य तथा झापा क्षेत्र नं. १ का इन्चार्ज श्यामवीर लिम्बू, माओवादी नेता हृदयसिंह राजवंशी, पत्रकार पर्वत पोर्तेल, ज्ञानेन्द्र निरौला, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

माओवादी केन्द्र मेचीनगर वडा नंं. १० का अध्यक्ष कृष्ण कौशलले सञ्चालन गरेको कार्यक्रममा माओवादी केन्द्र झापाका सचिवालय सदस्य प्रकाश भण्डारी ‘सन्जोग’, मेचीनगर संयोजक पुष्प गुरागाईं, ज्ञानेन्द्र घिमिरे, राजु दाहाल, हरि निरौला, विनोद मण्डललगायतको आतिथ्यता रहेको थियो ।
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

