काठमाडौँकै स्वादमा धुलाबारीमा हेलो ममः
धुलाबारी । खाजा पारखीका लागि धुलाबारीमा हेलो ममः खाजा घर सञ्चालनमा आएको छ ।
धुलाबारी खानेपानी कार्यालय छेउमा रहेको खाजा घरमा काठमाडौँको जस्तै स्वादमा ममः उपलब्ध छ । काठमाडौँमा बफ तथा भेज ममः लोकप्रिय खाजाको रुपमा लिइन्छ ।

स्थानीय युवा सरोज मेहरा, राजु धिमाल, बमबहादुर राईलगायतको सुरुवाती १० लाख रुपैयाँ लगानीमा खाजा घर सञ्चालनमा आएको हो । भदौ १८ गतेबाट सञ्चालनमा आएको खाजा घरमा पारिवारिक वातावरणमा रमाउन सकिने संरक्षक लक्ष्मण मेहराले बताए ।

खाजा घरमा स्पेसल ममः (बफ, चिकेन, भेज), चाउमिन, फ्राई राइस, ससेस, कपी, चिया उपलब्ध छ । दसैँ लक्षित योजना अनुसार ग्राहकलाई विशेष छुटका साथ खाजाका परिकारहरु उपलब्ध गराइने बताइएको छ ।

खाजा घरले परिकार बनाउन अनुभवी कुकमेन राखेको छ । भारतको बेंग्लोरमा लामो समय होटलमा काम गरेका अनुभवी कुकमेन रहेकाले पनि ग्राहकले खाजामा नयाँ स्वाद पाउने मेनसेफ आशिष राईले बताए । ग्राहकको अर्डर अनुसार खाजा घरले धुलाबारी बजार क्षेत्रमा होम डेलिभरी सर्भिसको व्यवस्था पनि गरेको छ ।

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
