काठमाडौँकै स्वादमा धुलाबारीमा हेलो ममः

धुलाबारी । खाजा पारखीका लागि धुलाबारीमा हेलो ममः खाजा घर सञ्चालनमा आएको छ ।
धुलाबारी खानेपानी कार्यालय छेउमा रहेको खाजा घरमा काठमाडौँको जस्तै स्वादमा ममः उपलब्ध छ । काठमाडौँमा बफ तथा भेज ममः लोकप्रिय खाजाको रुपमा लिइन्छ ।
स्थानीय युवा सरोज मेहरा, राजु धिमाल, बमबहादुर राईलगायतको सुरुवाती १० लाख रुपैयाँ लगानीमा खाजा घर सञ्चालनमा आएको हो । भदौ १८ गतेबाट सञ्चालनमा आएको खाजा घरमा पारिवारिक वातावरणमा रमाउन सकिने संरक्षक लक्ष्मण मेहराले बताए ।
खाजा घरमा स्पेसल ममः (बफ, चिकेन, भेज), चाउमिन, फ्राई राइस, ससेस, कपी, चिया उपलब्ध छ । दसैँ लक्षित योजना अनुसार ग्राहकलाई विशेष छुटका साथ खाजाका परिकारहरु उपलब्ध गराइने बताइएको छ ।
खाजा घरले परिकार बनाउन अनुभवी कुकमेन राखेको छ । भारतको बेंग्लोरमा लामो समय होटलमा काम गरेका अनुभवी कुकमेन रहेकाले पनि ग्राहकले खाजामा नयाँ स्वाद पाउने मेनसेफ आशिष राईले बताए । ग्राहकको अर्डर अनुसार खाजा घरले धुलाबारी बजार क्षेत्रमा होम डेलिभरी सर्भिसको व्यवस्था पनि गरेको छ ।

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...