‘एमाले दक्षिणपन्थीहरुको झुण्ड’–रामकुमारी झाँक्री
झापा । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेकपा एमालेलाई दक्षिणपन्थीहरुको झुण्डको संज्ञा दिएकी छन् ।
शनिबार साँझ झापाको चारआलीमा पार्टीका कार्यकर्ताहरुसँगको भेटघाटमा उनले एमालेलाई यस्तो संज्ञा दिएकी हुन् ।
‘ओलीले नेतृत्व गरेको एमालेले नेपालको कम्युनिष्ट आन्दोलनको उद्देश्य, कार्यक्रम र त्यसको कार्यदिशा बोकेर नेपाली जनताहरुको सपनालाई साकार पार्छ भन्ने लाग्दैन’ नेतृ झाँक्रीले भनिन्, ‘त्यो एक प्रकारको दक्षिणपन्थीहरुको झुण्डको रुपमा परिणत हुँदैछ ।’
एमालेको जारी विधान महाधिवेशनलाई लक्षित गर्दै उनले भनिन्, ‘यसको ज्वलन्त उदाहरणका रुपमा काठमाडौंमा भएको विधान सम्मेलनलाई नै हेरौं न ।’
नेतृ झाँक्रीले अगाडि भनिन्, ‘ओलीका ठूल्ठूला कदका ठूला पुत्ला बनाइएको छ, त्यसको मुनी मान्छेले विचार र राजनीतिको बहस गरेका छैनन् । पुत्लाको मुनी बसेर गौरव महसुस गरेका छन् ।’
पानीको बोतलदेखि लिएर सबैमा ओली ब्राण्डको रुपमा एमाले र ओलीलाई ब्राण्ड बनाउनुले एमाले पार्टीको रुपमा नभई ब्राण्डको रुपमा विकसित हुँदै गएको उनको भनाई थियो ।
इलामको माइजोगमाई गाउँ पार्टी कार्यालय उद्घाटन तथा जनसभालाई सम्बोधन गरी काठमाडौं फर्किने क्रममा नेतृ झाँक्रीले चारआलीमा आफ्ना कार्यकर्ताहरुसँग केहीबेर छलफल गरेकी थिइन् ।
छलफलमा पार्टीका प्रदेश कमिटी सदस्य लोकबन्धु कन्दङ्वा, जिल्ला कमिटी सदस्य शंकर थापा, युवा संघ केन्द्रीय सचिवालय सदस्य विमला देवकोटा, अनुज रेग्मी, भीष्म पौडेल, कर्मचारी संगठनका जिल्ला सचिव निरोज कट्टेल, विद्यार्थी नेताहरु विनम सरदार, चेतन पौडेल, हरि भट्टराई, दिपेश पाठकलगायत सहभागी थिए ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
