जन–संसद् दैनिक १७ औँ वर्षमा
काँकरभिट्टा । झापाको मेचीनगर–६, काँकरभिट्टा प्रधान कार्यालय रहेको जन–संसद् दैनिक आजबाट १७ औँ वर्षमा प्रवेश गरेको छ । आजैका दिन २०६२ असोज १४ गते घटस्थापनाका दिन जन–संसद् दैनिकको शुभारम्भ भएको हो ।
राजा ज्ञानेन्द्रले प्रजातन्त्र ‘कू’ गरी शासन सत्ता कब्जा गरी जनतामा दमन गर्न थालेपछि जनतालाई सुसूचित गराउने उद्देश्यले थालनी गरिएको जन–संसद् दैनिक आजसम्म निरन्तर प्रकाशित हुँदै आएको छ ।
जन–संसद् दैनिकले तात्कालिन समयमा राजाको कुशासन र प्रजातन्त्रको स्थापनार्थ जोडदार खबरदारी गर्न थालेपछि प्रशासनको तारो बन्यो । त्यसबेला हामीलाई हौसला दिन सबै राजाीतिक दलका नेतृत्व वर्ग, नेपाल, भारत, अमेरिका र यूरोपका हस्ती, पत्रकार, नेता, अन्तर्राष्ट्रिय पत्रकार महासंघ कार्यालयमै आएर कमजोर नबन्न, नआत्तिन र पत्रिकालाई अझ उच्चस्तरमा लैजान सल्लाह र हौसला दिएको सम्झना आलै छ ।
दुई वर्षयता हाम्रो यात्रा सुखद बन्न सकेन । कोरोना महामारीका कारण अरु क्षेत्रसँगै सञ्चार क्षेत्र नराम्ररी प्रभावित बन्यो । यसको असर अहिले पनि देखिएको छ । कोरोनाकै कारण केही महिना पत्रपत्रिका बन्द भए । तर, हामीले अनलाइन संस्करणमार्फत निरन्तर जनतालाई सूचना र समाचार दिने कुरामा कत्ति पनि विचलित भएनौँ ।
जनताले पाउने सूचनाको हकको पहरेदार भएर एक कदम अगाडि उभिएको जन–संसद् दैनिकलाई जनताको आवाजलाई पाठकमाझ पुर्याउने अभियान आगामि दिनमा समेत निरन्तर अघि बढाउन आफूहरु प्रतिबद्ध रहेको प्रकाशन समूहका अध्यक्ष केशवराज पाण्डेले बताए ।
कठोर स्थितिका बेला सुरु भएको जन–संसद् पत्रिकालाई बृहत् रुप दिई निरन्तरता दिन सहयोग गर्ने सबैप्रति सञ्चालक समूहले आभार प्रकट गरेको छ ।
साथै, कठिनभन्दा कठिन परिश्रम गरी सफलताका साथ जन–संसद्लाई जीवित राखी आजका दिनसम्म ल्याउने सम्पादक, सञ्चारकर्मी, प्राविधिक, वितरक, सम्वाददाता, अफसेट प्राविधिक सबैलाई धन्यवाद दिँदै १७ वर्षसम्म लगातार पढी सुझाव दिनु हुने पाठक वर्ग, विज्ञापनदाता, जन–संसद्मा लेख र रचना, स्तम्भ लेखी निरन्तर रुपमा सहयोग गर्नुहुने लेखक तथा साहित्यकार तथा सबै वर्ग क्षेत्रका महानुभावप्रति पत्रिका परिवार धन्यवादसहित आभार प्रकट गर्दछ ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
