बुद्धशान्तिका महिलाहरुलाई ‘शी लिड्स’ तालिम सुरू

महिलाहरुको क्षमतालाई अभिवृद्धि गर्ने उद्धेश्यका साथ बुद्धशान्तिमा बिहिबारबाट ४ दिने “शी लिड्स –महिला नेतृत्व कार्यक्रम” को प्रारम्भिक प्रशिक्षण मोडुल २ को सुरु गरिएको छ ।
दलित महिला केन्द्र नेपाल (CDWN) को आयोजना तथा आई. एफ. ई. एस को सहकार्यमा पालिकामा रहेको वडा सदस्यहरुको आत्मवृद्धि गर्नको लागि तालिमको आयोजना गरिएको बताइएको हो ।
माहिलाहरुको राजनीतिक सशक्तिकरण तथा नेतृत्वलाई अगाडि बढाउदै महिलाहरुको सहभागितामा समता ल्याउनको लागि यस प्रकारको तालिमले महत्वपूर्ण भूमिका खेलेको बुद्धशान्तिकी नेतृ ज्ञानु थापाले जानकारी दिइन्
केही समय अघि मोडुल १ सकेर यो दोस्रो मुडुल सुरु गरिएको प्रशिक्षक सोमराज ढकालले जानकारी गराएका छन् ।
बुद्धशान्तिको पिआर थकाली किचनमा आयोजना गरिएको कार्यक्रममा उत्साहजनक उपस्थिती रहेको थियो ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...