मेचीनगर काँग्रेस सभापतिमा बराल र पनेरुबीच भिडन्त

झापा । नेपाली काँग्रेसको मेचीनगर सभापतिका लागि युवा नेताद्वय नबिन बराल र सुवेशकुमार पनेरु (सुदय) बीच प्रतिस्पर्धा हुने भएको छ । नगर सभापति सर्बसम्मत छनौट गर्ने नेतृत्वको प्रयास सफल हुन नसके पछि बराल र पनेरुबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।
नगर सभापतिका लागि चुनावी मैदानमा उत्रिएका बराल र पनेरु दुईजना नै मेचीनगर नगरपालिकाका निर्वाचित वडा अध्यक्षहरु हुन् । बराल मेचीनगर ४ र पनेरु मेचीनगर १० का वडा अध्यक्ष हुन् ।
सभापतिका अन्य आँकाक्षीहरु धनकाजी खत्री र योगेन थापालाई उपसभापतिमा बस्न नेतृत्वले आग्रह गरेको बुझिएको छ । त्यस्तै नगरसभापतिकै दाबी गरिरहेका सुरेन्द्र बुढाथोकी र पुष्प कार्कीलाई क्षेत्रीय समिति वा अन्य कुनै तहको पदाधिकारीमा लैजाने सहमति भएको काँग्रेस स्रोतले बताएको छ ।
नगर सभापतिमा चुनाव नै हुने भए पछि नगरका अन्य पदाधिकारीमा समेत चुनाव हुने निश्चित भएको छ । दुई उपसभापतिका लागि ५ जना चुनावी मैदानमा छन भने दुइ सचिवका लागि ४ जना छन् । त्यस्तै दुई सहसचिवका लागि ६ जनाले दाबी गरेका छन् ।
काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गाउँ नगर अधिवेशन असोज ९ गते सम्पन्न हुँदैछ । निर्वाचन समितिले दिएको जानकारी अनुसार असोज ९ गते उम्मेद्वारी दर्ता हुने र चुनाव नै हुने भए १० बिहान ८ बजेदेखि मतदान हुनेछ ।

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...