प्रशासकीय अधिकृत सरुवाको बिषयमा मेचीनगरमा वडा अध्यक्षहरुले बुझाए ज्ञापनपत्र

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरुवाको बिषयमा ज्ञापन पत्र बुझाइएको छ ।
नगरपालिकामा एक महिनाको अवधिमा दुईजना नयाँ अधिकृतको सरुवा हुनुले नगरका विकास निर्माण तथा योजना कार्यान्वयनमा समस्या उत्पन्न भएको ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको छ ।
मेचीनगर उपप्रमुख मिना पोख्रेल उप्रेतीको कार्यकक्षमा पुगी वडा नं १० का अध्यक्ष सुवेशकुमार पनेरुको नेतृत्वमा वडा अध्यक्षहरुको टोलीले ज्ञापन पत्र बुझाएको थियो ।
वडा अध्यक्षहरुले बुझाएको ज्ञापन पत्रमा भनिएको छ,‘ बिगतबाट नै प्रमुख प्रशासकीय अधिकृत लगायत महत्वपूर्ण जिम्मेवारीमा बसेका कर्मचारीहरुलाई राजनैतिक आस्था र हस्तक्षेपका आधारमा निर्धारित समयसम्म काम गर्न नदिई सरुवा गर्ने प्रबृत्तिले नगरका सम्पूर्ण विकासका योजनाहरुमा बाधा उत्पन्न हुँदै आएको छ’, ।
भर्खरै सरुवा भई आउँनु भएका प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्सालको एक महिना नपुग्दै गरिएको सरुवाले सो प्रमाणित गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘नगरका प्रमुख कोरोना भाइरस संक्रमण भएर अस्पताल भर्ना भएको अवस्थामा गरिएको अधिकृतको सरुवा नियोजित हो र यस प्रकारको कार्य संघिय सरकारले नगरसंग समन्वय नगरी गरिएको सरुवा तथा निर्णय स्थानीय तहमा भएको प्रत्यक्ष हस्तक्षेप हो’, ज्ञापन पत्रमा भनिएको छ ।
हालै भएको प्रमुख प्रकासकीय अधिकृत दिनानाथ लम्सालको सरुवा खारेज गर्न माग गरि बुझाइएको ज्ञापन पत्रमा ८ जना वडा अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।
नगरमा करीब एक महिना अघि सरुवा भएर आएका दिनानाथ लम्सालको पुनः सरुवा भएको छ ।
मेचीनगरमा नव आगन्तुक प्रमुख प्रशासकिय अधिकृतको रुपमा मोरङको रतुवा माई नगरपालिकाबाट सरुवा भई आउनु भएका खेमराज ओझालाई आज स्वागत गर्ने कार्यक्रम रहेको नगरपालिका श्रोतले बताएको छ ।

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...