काँग्रेस मेचीनगर सभापतिमा युवा नेता थापाको उम्मेद्वारी घोषण
मेचीनगर । नेपाली काँग्रेस मेचीनगरको सभापति पदमा युवा नेता एवम् नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि योगेन थापामगरले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
मेचीनगरमा लोकप्रिय जनप्रतिनिधिको छवि बनाएका मेचीनगर ५ का वडाध्यक्ष थापामगरले काँग्रेसले दिएको विभिन्न जिम्मेवारी पुरा गरिसकेका छन् ।
युवा पुस्तामा लोकप्रिय नेताका रुपमा परिचित थापामगर सरल र मिजासीलो स्वभावका काँग्रेसमा सम्भावना बोकेका नेतामा पर्छन् ।
‘अहिलेसम्मको क्रियाशिलता र पार्टी संगठनमा काम गरेको योग्यताकै आधारमा नगर सभापतिको उम्मेद्वार बनेको योगेन थापामगरले बताए।
काँग्रेसलाई बलियो बनाउँदै जनताको बिचबाट काँग्रेसलाई पहिलो पाटी बनाउन पनि आफुले नगर सभापतिको उम्मेद्वारी दिएको बताउदै उनले सबैलाई सहयोग गर्न आग्रह गरे ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

