भाइटीकाको उत्तम साइत ११ः३७ बजे
झापा । यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ ।
मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको हो ।
राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतमले बताए ।
यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ ।
कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ ।
गाई, गोरु र आत्म (म्ह) पूजा भने कार्तिक ३० गते गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । आइतबार बिहान ११ः२७ बजेसम्म औँसी तिथि छ ।
झापा । झापाको मेचीनगर नगरपालिकाले सरकारी जग्गा अतिक्रमण...
मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)...
अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले...
मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन ९...
बिर्तामोड । झापा–११ फुटबल क्लबले स्थापनापछि दोस्रो पटक...
अर्जुनधारा । मेचीनगरले भद्रपुर नगरपालिकालाई हराउँदै चौंथो खुदुनाबारी...
मेचीनगर । धुलावारी–ज्यामिरगढी–भद्रपुर सडक खण्डमा रहेको हडिया खोलाको...
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको ३२ औं...