उप्रेती दम्पत्तिले गरे धार्मिक संस्थालाई कुर्सी सहयोग
धुलाबारी । मेचीनगर–९ का एक दम्पत्तिले शनिबार १७ वटा विभिन्न धार्मिक संस्थालाई करिब २ सयवटा प्लाष्टिकका कुर्सी हस्तान्तरण गरेको छ । धुलाबारी घर भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका बालकृष्ण र सीता उप्रेतीले मेचीनगर–९ र १० मा रहेका धार्मिकस्थलहरुलाई कुर्सी प्रदान गरेका कार्यक्रम संयोजक शान्ता सिटौलाले बताइन् ।
उनीहरुले आफ्ना स्वर्गीय बुवा तथा ससुराबुवा कृष्णप्रसाद उप्रेतीको ३२ औं र स्वर्गीय आमा तथा सासु आमा देवका उप्रेतीको १७ औं पुण्य तिथिको सन्दर्भ पारेर कुर्सी सहयोग गरेका छन् । धुलाबारीस्थित निवासमा आयोजित कार्यक्रममा प्रमुख अतिथि त्रिफला राष्ट्रिय पुस्तकालयका संस्थापक अध्यक्ष प्रेमप्रकाश फलाहारीले एक संस्था बराबर ११ वटा कुर्सी प्रदान गरे । सो अवसरमा स्वबोध साधना केन्द्र तथा बालआश्रम, सरस्वती कीर्तन मण्डली, सिद्ध देवी मन्दिर, बौद्ध धर्म एकीकृत गुम्बा बिहार, किराँतेश्वर माङ्हिम, दुर्गा मन्दिर, सत्यनारायण मन्दिर, सनातन धर्म सेवा समिति, काली मन्दिर, शिवालय मन्दिरलगायतले कुर्सी ग्रहण गरेका थिए ।

मेचीनगर लेडी जेसीजकी कार्यकारिणी उपाध्यक्ष सुभद्रा नेपाल, निवर्तमान अध्यक्ष तुलसा दंगाललगायतको आतिथ्यता रहेको कार्यक्रममा कुर्सी प्राप्त गर्ने धार्मिक संस्थाका अध्यक्ष, सचिवलगायतको उपस्थिति थियो ।
यसैबीच, सोही कार्यक्रममा उप्रेती दम्पत्तिबाट धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयको निर्माणाधिन भवनलाई सहयोगार्थ प्राप्त ११ हजार १ सय ११ रुपैयाँ नगदराशी पुस्तकालयका संस्थापक अध्यक्ष फलाहारीलाई हस्तान्तरण गरियो ।
त्यसक्रममा प्रमुख अतिथि फलाहारी, स्वबोध साधना केन्द्र तथा सिद्धदेवी मन्दिरका अध्यक्ष बालकृष्ण थपलिया, किराँतेश्वर माङ्हिमका अध्यक्ष कविन्द्रविक्रम नेम्बाङलगायतले उप्रेती दम्पत्तिले सामाजिक तथा धार्मिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको चर्चा गरेका थिए ।
गीता उप्रेतीको अध्यक्षतामा सम्पन्न कुर्सी हस्तान्तरण कार्यक्रमको सञ्चालन लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।

सामाजिक कार्यमा अनवरत रुपमा क्रियाशील रहँदै आएको सो परिवारले यसअघि धुलाबारीस्थित रामघाट निर्माणका क्रममा आर्थिक सहयोग, मेची आम्दा अस्पतालको मूल प्रवेशद्धार निर्माण, मेचीनगर–९ स्थित सिद्धदेवी मन्दिरका लागि जग्गा खरिद गरी प्रदान गरेको छ ।
त्यस्तै, उक्त परिवारले कोभिड–१९ लाई लक्षित गरी सरकारले गरेको गतवर्षको बन्दाबन्दीमा धुलाबारीमा बसोबास गर्ने विपन्न २५ घरपरिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको थियो ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

