१० वर्षीय बालकको उपचारमा रकम अभाव, सहयोग गर्न अपिल
बिर्तामोड । मुटु रोगबाट पीडित बालक संजेस लिङ्देनको उपचारमा खर्च अभाव भएको छ ।
पाँचथर यान्दुक –५ घर भई हाल झापा विर्तामोडमा अस्थायी बसोवास गर्ने १० वर्षीय बालकको उपचारमा खर्चको अभाव भएपछि परिवार समस्यामा परेको छ ।
विरामी बालकका परिबारले आइतबार विर्तामोडमा पत्रकारसंग कुरा गर्दै अहिलेसम्म उपचारमा १० लाख खर्च भईसकेको जनाउदै बाँकी उपचारका लागि खर्च अभाव भएको जनाए । उनीहरुले बालकको उपचारमा सहयोगका लागि आह्वानसमेत गरे ।
बालकको हाल भारतको सिलिगुडीमा उपचार भइरहेको छ । उनको उपचारमा थप १० लाख खर्च लाग्ने चिकित्सकहरुले भनेका छन् । ‘तर, यत्रो रकम कसरी जुटाउने होला थाहा छैन’, बालकको ठुली आमा मनकुमारीले बिलौना गरिन् ।
बालकको निमोनिया बिग्रेको कारण फोक्सो, मृगौला र मुटोमा समस्या भएको देखिन्छ । खर्चको जोहो गर्न सके बालकलाई बचाउन सकिने चिकित्सकले जनाएको उल्लेख गर्दै मनकुमारीले थपिन्,‘जसरी हुन्छ यो बालकलाई बचाइदिनुस् ।’ बच्चाका बुवा ७ वर्षदेखि सम्पर्कविहीन छन् ।
उनी ७ बर्ष अघि वैदेशिक रोजगारीको सिलसिलामा साउदी गएका थिए । ३ बर्षको उमेर छदा आमाले पनि दोस्रो विहे गरेर अन्तै गएपछि यी बालक आफन्तको रेखदेखमा हुर्किएका हुन् ।
मनकुमारी लिङ्देनको नाममा रहेको ग्लोवल आइ।एम।ई। बैंकको खाता नम्बर ५८०७०१०००८६७० मा रकम जम्मा गरेर बालकको जीवनरक्षा गरि दिन परिवारले अपिल गरेको छ । आफ्नो मोबाईल नम्बर ९८१७०३९३३२ मा सम्पर्क गरेर बिस्तृत जानकारी लिन सक्ने पनि परिवारले जनाएको छ ।
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
