मेचीनगरमा गैरसरकारी संस्थाको समीक्षा तथा आगामी कार्ययोजना प्रस्तुत
मेचीनगर । मेचीनगर नगरपालिकामा वैदेशिक स्रोतबाट सञ्चालित गैरसरकारी संस्थाहरूको गत आर्थिक वर्षको समीक्षा तथा आगामी आर्थिक वर्षको कार्ययोजना प्रस्तुत गरिएको छ।
कार्यक्रममा माईती नेपाल, साथी नेपाल, मानव सेवा आश्रम, सहारा नेपाल, प्रयास नेपाल, महिला चेतना केन्द्र नेपाल, परिवार नियोजन संघलगायतका गैरसरकारी संस्थाहरू सहभागी भएका थिए। त्यस्तै, ECCA Nepal लगायतका संस्थाहरूको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी संस्थाहरूले गत आर्थिक वर्षमा वैदेशिक स्रोतबाट सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिको समीक्षा प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने कार्यक्रम तथा कार्ययोजनाबारे जानकारी गराएका थिए। संस्थाहरूले आफ्ना कार्यक्रमबाट स्थानीय समुदायमा परेको प्रभाव, उपलब्धि तथा आगामी दिनमा गर्नुपर्ने कामका विषयमा समेत छलफल गरेका थिए ।
कार्यक्रममा गैरसरकारी संस्था र स्थानीय तहबीचको समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो। स्थानीय आवश्यकता र प्राथमिकताअनुसार गैरसरकारी संस्थाका कार्यक्रम सञ्चालन गर्न सके त्यसबाट नगर क्षेत्रका नागरिकले थप लाभ लिन सक्नेमा सहभागीहरूले जोड दिएका थिए ।
कार्यक्रमको समग्र समीक्षा मेचीनगर नगरपालिका गैरसरकारी संस्था संघका अध्यक्ष सोमराज ढकालले गरेका थिए । उनले गैरसरकारी संस्थाहरूले सञ्चालन गरेका कार्यक्रमलाई स्थानीय तहसँग थप समन्वय गर्दै प्रभावकारी र परिणाममुखी बनाउनुपर्ने बताए ।

कार्यक्रमले मेचीनगर क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरूबीच आपसी समन्वय, सहकार्य र आगामी कार्यक्रम सञ्चालनका लागि साझा आधार तयार गर्न सहयोग पुगेको बताइएको छ । मेचीनगर प्रमुख गोपाल बुढाथोकी प्रमुख आथत्यताका सम्पन्न कार्यक्रमको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ औचित्यमाथि प्रकाश पारेका थिए ।
नगर उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सामाजिक शाखा प्रमुख सरला लुइटेलले गरेकी थिइन् ।
मेचीनगर । मेचीनगर नगरपालिकामा वैदेशिक स्रोतबाट सञ्चालित गैरसरकारी...
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...