इस्ट होराइजनमा क्याम्ब्रिज एसेसमेन्ट तथा प्यारेन्टिङ कन्क्लेभ सम्पन
धुलाबारी । इस्ट होराइजन इङ्लिस हाई स्कुल र एलसीसीआई (LCCI) ग्लोबल क्वालिफिकेसनको संयुक्त आयोजनामा ‘क्याम्ब्रिज इङ्लिस एसेसमेन्ट सर्टिफिकेट एन्ड प्यारेन्टिङ कन्क्लेभ २०२६’ भव्य रूपमा सम्पन्न भएको छ ।
विद्यालयका विद्यार्थीहरूले क्याम्ब्रिज इङ्लिस एसेसमेन्टमा हासिल गरेको उत्कृष्ट सफलताको उत्सव मनाउनुका साथै विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

विद्यालयका कक्षा ७ का छात्र अर्णव कार्की र कक्षा ८ की छात्रा बृती सापकोटाले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै राष्ट्रिय गानसँगै कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।
कार्यक्रममा एलसीसीआई ग्लोबल क्वालिफिकेसनका ल्याङ्ग्वेज एन्ड एसेसमेन्ट प्रमुख प्रविण ठाकुर चौधरी तथा काठमाडौँबाट आमन्त्रित अर्ली चाइल्डहुड एजुकेटर, प्यारेन्टिङ कोच एवं नेतृत्व प्रशिक्षक उर्वशी चौहान खड्का विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।
त्यसैगरी विद्यालयका अध्यक्ष माधवप्रसाद पौडेल, निर्देशक/प्रिन्सिपल, डाइरेक्टर अफ एकेडेमिक एक्सेलेन्स साबित्रा सापकोटा राई, विभिन्न विभागीय प्रमुख, संयोजक, शिक्षक–शिक्षिका तथा ठूलो सङ्ख्यामा अभिभावकहरूको गरिमामय उपस्थिति रहेको थियो । विद्यालयका प्रिन्सिपलले स्वागत मन्तव्यमार्फत सम्पूर्ण अतिथि तथा अभिभावकहरूलाई स्वागत गरेका थिए ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको प्यारेन्टिङ सेसनलाई प्रशिक्षक उर्वशी चौहान खड्काले सहजीकरण गरेकी थिइन् । उनले विद्यार्थीहरूको समग्र विकासका लागि अभिभावक र विद्यालयबीचको सहकार्य, सकारात्मक वातावरण तथा उचित मार्गदर्शनको महत्त्वबारे प्रकाश पारेकी थिइन् ।
यसैगरी एलसीसीआईका प्रतिनिधि प्रविण ठाकुर चौधरीले क्याम्ब्रिज पाठ्यक्रम तथा यसले विद्यार्थीहरूलाई प्रदान गर्ने अन्तर्राष्ट्रिय अवसरहरूको विषयमा विस्तृत जानकारी दिएका थिए ।

सोही अवसरमा एलसीसीआईका प्रतिनिधिहरूले विद्यालयका प्रिन्सिपल तथा डाइरेक्टर अफ एकेडेमिक एक्सेलेन्सलाई सम्मान, नेतृत्व र प्रतिबद्धताको प्रतीकस्वरूप झन्डा (Flag) हस्तान्तरण गरेका थिए ।
क्याम्ब्रिज इङ्लिस एसेसमेन्टमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई कार्यक्रममा विशेष रूपमा सम्मान गरिएको थियो । मिस मनिलाले स्टेजमार्फत उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूको घोषणा गर्दै उनीहरूलाई बधाई दिएकी थिइन् ।

कार्यक्रम सञ्चालनमा विद्यार्थीहरू अर्णव कार्की, बृती सापकोटा, शरणीय खनाल, यथार्थ निरौला, रक्षा पन्थ, सुरक्षा गिरी तथा अरुस श्रेष्ठ सक्रिय रहेका थिए भने शिक्षक विकास ग्वाल र मनिला लिम्बुले समेत सहजीकरण गरेका थिए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
