धाइजन–चारआली महिला च्यालेन्ज कपको आज उद्घाटन
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली महिला च्यालेन्ज कप–२०८३’ को आज उद्घाटन हुँदैछ । प्रतियोगिता मेचीनगर–१२ स्थित कालिका खेल मैदानमा सञ्चालन हुने छ ।
महिला फुटबलको विकास, खेलाडीहरूलाई प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्ने तथा अन्तर्राष्ट्रिय स्तरको खेल वातावरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता आजदेखि सुरु भई जेठ ३ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा आयोजक धाइजन–चारआली फुटबल क्लबसहित आदर्श युवा क्लब बुद्धशान्ति, भद्रपुर ब्लेजर, कमल गाउँपालिका, कन्काई नगरपालिका, इलामको रोङ गाउँपालिका, जनता सेभेन फुटबल क्लब सूर्योदय तथा भारत दार्जिलिङको रथखोला फुटबल एकाडेमीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका सचिव भीम कार्कीले जानकारी दिए ।
प्रतियोगितालाई अस्ट्रेलियास्थित दावा एण्ड लामा परिवारले मुख्य प्रायोजन गरेको छ भने हङकङ निवासी मोहन इजाम सह–प्रायोजकका रूपमा रहेका छन् । जया ब्रान्ड किट पार्टनर तथा ‘गेम अफ नेपाल’ मिडिया पार्टनर रहेका छन् ।
विभिन्न स्थानीय तथा भारतीय टोलीहरूको सहभागिताले प्रतियोगिता थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्ने आयोजक समितिका खेल संयोजक दीपक लामाले बताए ।
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
