कपिल क्षेत्रीको नेतृत्वमा समावेशी प्यानलको घोषणा


मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा किशोर क्षेत्री (कपिल) सहितको समावेशी ब्यवसायी प्यानलले उम्मेद्वारी घोषणा गरेको छ । साझा प्यानल समुहले उम्मेद्वारी घोषणा गरेसँगै समावेशी ब्यवसायी प्यानलले आइतबार उम्मेद्वारीको नाम सार्वजनिक गरेको हो ।

समुहले यसअघि अध्यक्षसहित केही उम्मेद्वारको नाम पत्रकारमार्फत सार्वजनिक गरेको थियो । उक्त समयमा महिलासहितका सदस्य सहभागी नभएकाले पुनः पुर्ण उम्मेद्वारको नाम सार्वजनिक गरेको हो ।

समावेशी व्यवसायी प्यानलको बरिष्ठ उपाध्यक्षमा भूमि पौडेल, उद्योग उपाध्यक्षमा हरि कोईराला, वाणिज्य उपाध्यक्षमा सन्तोस खवास, महिला उपाध्यक्षमा सुन्दरी श्रेष्ठ र महासचिवमा ध्रुव कनालको उम्मेद्वारी रहेको पत्रकारसमक्ष जानकारी गराएको थियो ।

त्यस्तै कार्यसमिति सदस्यहरूमा जयकुमार श्राफ, आशिस संग्रौला, अर्जुन तिवारी, राजेश बंशल, सुरज श्रेष्ठ, गोपी गौतम, प्रबल केसी क्षेत्री र बिनोद बानियाँले उम्मेद्वार रहेको अध्यक्ष पदका उम्मेद्वार क्षेत्रीले जानकारी दिए ।बत्यसैगरी महिला सदस्यमा कृष्णकुमारी प्रसाई ९कल्पना० र चम्पा नेम्वाङ्ग उम्मेद्वार रहन पत्रकारलाई महासचिव पदका उम्मेद्वार ध्रुव कनालले जानकारी दिए ।

अध्यक्ष पदका उम्मेद्वार क्षेत्रीले आम उद्योगी ब्यवासायीको हकहित तथा अधिकारका लागि प्रबिधीमैत्री योजना अवलम्बन गर्ने योजना रहेको बताए । ब्यवसायीको हकहितका लागि आफूले जस्तोसुकै त्याग गर्न तयार रहेको क्षेत्रीको भनाई थियो । उनले बिगतमा नेतृत्वले कार्यसमितिमा समन्वय नै नगरी अघि बढेकाले समस्या उत्पन्न हुँदैआएको समेत आरोप लगाएका थिए ।

मेचीनगरका १५ वटा वडाभित्रका ब्यवसायीमध्ये २ हजार ११५ जना मताधिकार प्रयोग गर्न पाउनेछन् । निर्वाचनका लागि आइतबार १२ बजेदेखि उम्मेद्वार मनोनयन दर्ताको समय रहेको जनाएको छ भने बैशाख २६ गते निर्वाचन हुने संघले जनाएको छ ।