धाइजन–चारआली महिला कप वैशाख २७ गतेदेखि
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली महिला च्यालेन्ज कप–२०८३ आयोजना हुने भएको छ ।
प्रतियोगितामा आयोजक धाइजन–चारआली फुटबल क्लबसहित आदर्श युवा क्लब बुद्धशान्ति, भद्रपुर ब्लेजर, कमल गाउँपालिका, कन्काई नगरपालिका, इलामको रोङ गाउँपालिका, जनता सेभेन फुटबल क्लव सूर्योदय टीमसँगै भारत दार्जिलिङको रथखोला फुटबल एकाडेमीले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष आशिष वन ९पप्पु० ले जानकारी दिए ।
मेचीनगर १२ स्थित कालिका खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेता टीमले नगद ५० हजारसहित मेडल, ट्रफी र प्रमाण पत्र पाउने छन् भने उपविजेता टीमले नगद ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र पाउने आयोजक समितिका सचिव भीम कार्कीले बताए ।
प्रतियोगिता यही वैशाख २७ गतेदेखि सुरु भई जेठ ३ गते समापन हुने छ । प्रतियोगितालाई अस्ट्रेलियास्थित दावा एण्ड लामा परिवारले मुख्य प्रायोजन गरेको छ भने हङकङका मोहन इजाम सह–प्रायोजकका रूपमा रहेका छन् । जया ब्रान्ड किट पार्टनर र ‘गेम अफ नेपाल’ मिडिया पार्टनर रहेका छन् ।
महिला फुटबलको विकास तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा अनुभव दिलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । प्रतियोगिताले स्थानीय खेलकुद विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । विभिन्न स्थानीय तथा भारतका टीमहरूको सहभागिताले प्रतियोगिता थप प्रतिस्पर्धात्मक बन्ने आयोजक समितिका खेल संयोजक दीपक लामाले बताए ।
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
