मेचीनगर नगरपालिका : ९० जना महिला सम्मानित
मेचीनगर । ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला (नारी) दिवसको अवसरमा मेचीनगर नगरपालिकाले ९० जना महिलाहरुलाई सम्मान गरेको छ ।
विहीबार नगरपालिकाले कुच्चो उद्योगमा काम गर्ने श्रमिक, सिटी रिक्सा चलाउने, अपाङ्गता भएका बालबालिकाका अभिभावक लगायतका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरुलाई च्यादरको कपडा ओढाएर र नगदसहित सम्मान गरेको हो ।
उनीहरुलाई नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले सम्मान गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले पुरूषप्रधान समाजमा महिलालाई अझै पनि कानुनी झन्झट देखाएर विभेद गरिरहेको बताएका छन् ।
उनका अनुसार जन्मदर्ता, विवाह दर्ता लगायतका समस्या रहेका छन् । महिला हिंसामा पनि यौनजन्य हिंसा निम्न वर्गका नागरिकमा अझै बढि छ ।
‘बालबालिकाहरु लागूऔषधको भूमरीमा परिरहेका छन्,’ बुढाथोकीले भने–‘त्यस वियमा अभिभावकहरुले आफ्ना छोरा–छोरीको होसियारी गर्नु पर्छ । सचेत हुनु पर्छ । नभएपछि रुनुको विकल्प छैन् ।’

उपप्रमुख उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले चुनावका कारण ढिलो भएपनि विभिन्न क्षेत्रमा काम गरिरहेका महिलाहरुलाई सम्मान गरिएको बताइन् ।
उनका अनुसार अटिजम भएका बालबालिकाका लागि थेरापी सेन्टर, कानुनका कुरा, महिलाहरुलाई प्रविधिमैत्री बनाउन नगरपालिका लागि परिरहेको छ ।

कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले महिला र पुरूषमा देखिने विभेदको अन्त्यसँगै पछिल्लो समय महिलालाई श्रम, सम्पत्ति र मातधिकारमा सम्मान व्यवहार गर्न थालिसकेको बताए ।
नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख जयन्ती खरेलले सहजीकरण गरेको कार्यक्रममा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाकी लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेती, केश म्यानेजर अरुणा चौधरीले लैङ्गिक हिंसा न्यूनिकरणका बारेमा प्रकाश पारेका थिए ।
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
