लायन्स क्लब अफ धाइजनले एक विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने
धाइजन ।
लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक विपन्न विद्यार्थीलाई कक्षा १२ सम्म निशुल्क पढाउने घोषणा गरेको छ । क्लबले मेचीनगर १२ निवासी कक्षा २ मा अध्ययनरत अनुप धिमाललाई कक्षा १२ सम्मको सम्पूर्ण पढाइ खर्च व्यहोर्ने घोषणा गरेको हो ।
सरस्वती बालकल्याण मावि मेचीनगर १२ सहरेडाँगीमा कक्षा २ मा अध्ययनरत धिमाललाई आउने शैक्षिक सत्रदेखि कक्षा १२ सम्म लाग्ने विद्यालयको शुल्क, स्टेशनरी तथा ड्रेसको खर्च व्यहोर्ने गरी अभिभावकत्व ग्रहण गरेको लायन्स क्लब अफ धाइजन चारआलीका अध्यक्ष सुमन चिमरियाले जानकारी दिए । चिमरियाको आज जन्म दिनको अवसर पारेर क्लबले धिमालको अभिभावकत्व ग्रहण गरेको हो ।
कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशलनल डिस्ट्रिक्ट ३२५ सीका फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर लिला चिमरिया, मनोज बस्नेत, एरिया चिफ साजन थापा, रिजन चेयर पर्सन पार्वता गिरी, जोन चेयर पर्सन जगन्नाथ भट्टराई, विद्यालयका प्रधानाध्यापक शुक्रराज घिमिरेलगायत सहभागी थिए ।
लायन्स क्लब अफ धाइजन चारआलीका अध्यक्ष सुमन चिमरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीलाई डिष्ट्रिक्ट हरिप्रसाद घिमिरेले स्वागत गरेका थिए । आइपीपी टीकाराम रिजालले सञ्चालन गरेको कार्यक्रममा वडा नम्बर १२ का वडाध्यक्ष मधुसुदन निरौला तथा लायन्स क्लब अफ धाइजन चारआलीका अन्य पदाधिकारी तथा सदस्यहरूको उपस्थिती रहेको थियो ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
