प्याब्सन मेचीनगरको साधारण सभा सम्पन्न
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको वार्षिक साधारण सभा वनभोजसहित सम्पन्न भएको छ । मेचीनगरको कालिका सिमसारमा आयोजित साधारण सभा आगामी शैक्षिक रणनीति तय गर्दै सम्पन्न भएको हो ।
प्याब्सन मेचीनगर समितिका अध्यक्ष विक्रम क्षेत्रीको अध्यक्षता तथा प्याब्सन जिल्ला झापा कार्यसमितिका अध्यक्ष छत्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा मेचीनगर शिक्षा समिति सदस्य केशर तिम्सिना, प्याब्सन जिल्ला सल्लाहकार हिम्मत क्षेत्री, जिल्ला सदस्य भोजबहादुर कार्की, सदस्य रमेश बराल, जिल्ला प्राज्ञिक सल्लाहकार हरिकुमार अधिकारी, प्याब्सन प्रदेश निवर्तमान सदस्य अजयआले मगर लगायतको आतिथ्यता रहेको थियो ।
प्याब्सन नगर समिति अध्यक्ष विक्रम क्षेत्रीले स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष समिक्षा गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्याब्सनका नगर सचिव विमल पौडेलले कार्यक्रम सञ्चालनसहित सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघीय संरचनासँगै प्याब्सनको नगर समिति सक्रिय छ । मेचीनगरका ३७ वटा निजी विद्यालयहरु प्याब्सनमा आबद्ध छन् । जस अन्तर्गत १५ हजार ५ सय विद्यार्थी रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्याब्सन मेचीनगरमा आबद्ध विद्यालयमा ७ सय शिक्षक तथा कर्मचारीहरु काम गरिरहेका छन् । २०८१ मंसिर ५ गते सम्पन्न प्याब्सन मेचीनगरको अधिवेशनबाट क्षेत्री निर्वाचित भएका थिए । नगर समिति ९ सदस्यीय रहेको छ । समितिले निजी विद्यालयको हकहित तथ शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शैक्षिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ ।
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...

