मेचीनगरमा पहिलोपटक इन्डो–नेपाल मिडियाकप’ हुने
काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी सम्बन्ध स्थापित गर्ने उदेश्यले मेचीनगरमा पहिलो पटक ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप २०८२’ आयोजना गरिने भएको छ ।
प्रेस क्लब मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते काँकरभिट्टा माविको खेल मैदानमा प्रतियोगिता आयोजना गरिने भएको हो ।
खेलकुदको माध्यमबाट दुई देशबीचको भाइचारा स्थापित गर्दै नेपालको पर्यटन क्षेत्रको अधिकतम प्रचारप्रसार गर्ने मुख्य उदेश्य राखेर प्रतियोगिता आयोजना गर्ने तय भएको प्रेस क्लब मेचीनगर अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । प्रतियोगिताको विजेतालाई आकर्षण पुरस्कार राशी समेत राखिएको छ ।

प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाण पत्र पाउनेछ । यस्तै, उपविजेताले ३० हजार नगद प्राप्त गर्नेछ । खेल अवधिभर उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर लगायतलाई विषयगत विधामा नगदसहित पुरस्कृत गरिने खेल संयोजक खगेन्द्र घिमिरेले जानकारी दिए । प्रतियोगितामा नेपाल र भारतका ८ वटा मिडिया टिमको सहभागिता रहने निश्चित भएको खेल संयोजक घिमिरेले बताए ।
खेल नकआउटको आधारमा खेलाइने प्रतियोगितामा प्राविधिक सहयोग गरिरहेको झापा जिल्ला फुटबल संघका महासचिव सुन्दर बस्नेतले बताए । प्रतियोगिताका सम्पूर्ण खेलहरु फिफाको नियमअनुसार खेलाइने महासचिव बस्नेतले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रेस क्लब मेचीनगरले जनाएको छ । त्यसका लागि स्थानीय सरकार, संघसंस्था तथा उद्योगी व्यवसायी समक्ष सहयोगका निम्ति आव्हान गरिएको छ ।
प्रतियोगिता सञ्चालनको तयारी थालेको प्रेस क्लब मेचीनगरले शुक्रवार काँकरभिट्टा खानेपानीको सभाहलमा अन्तरक्रिया कार्यक्रम पनि गरेको छ । प्रतियोगिताको जानकारी स्वरुप सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा निवर्तमान प्रदेश सभा सदस्य तथा मेचीनगर गोल्डकपका संयोजक श्रीप्रसाद मैनालीले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा मेची भन्सार प्रमुख शिवलाल न्यौपाने, मेचीनगर सामाजिक विकास शाखा प्रमुख हृदय राजवंशी, मेचीनगर वडा नं ७ का वडाध्यक्ष प्रल्हादमणि ओली, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु कार्की, रास्वपा मेचीनगर सभापति सन्तोष राजवंशी, श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य केवलराम राई, नेपाल पत्रकार महासंघ झापाका कोषाध्यक्ष मुक्ति पौडेल, मेचीनगर प्रेस क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, झापा जिल्ला फुटवल संघका महासचिव सुन्दर बस्नेत, काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष रोहित बुढाथोकी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी न्यौपाने, समाजसेवी डिल्लीराम घिमिरे, राजु पोखरेल, राजु पौडेल, दिपेश तिवारी, शिक्षासेवी सुवर्ण भट्टराई लगायतले मिडिया कप सफलताका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष खगेन्द्र घिमिरे तथा सञ्चालन सचिव प्रविण अधिकारीले गरेका थिए ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
