गृहलक्ष्मी सहकारीको साधारण सभा : अध्यक्षमा पुन : श्रेष्ठ
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं माईन्यूट प्रमाणित वार्षिक साधारण सभा शुक्रबार संस्थाको केन्द्रीय कार्यालय धुलाबारीमा सम्पन्न भएको छ ।
साधारण सभाबाट नयाँ सञ्चालक समिति समेत गठन गरिएको छ। निर्वाचित सञ्चालक समितिकाे अध्यक्षमा पुन : दुर्गालाल श्रेष्ठ चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा दुर्गा डाँगी, सदस्यमा कुबेर प्रसाद पौडेल, मान बहादुर खड्का, गीता देवी धिताल, चन्द्र सुनुवार र केसव घिमिरे चया भएकाे निर्वाचन समितिका संयाेजक पदम डाँगीले बताए । निर्वाचित सञ्चालक समितिकाे आजै सपथ गराईएकाे संयाेजक डाँगीले बताए ।

त्यसैगरी लेखा समितिमा संयोजक कान्ति श्रेष्ठ र सदस्यहरू देवी प्रसाद डाँगी तथा तिर्थ डाँगी चयन भएका छन् ।
राष्ट्रिय सहकारी बैंक धुलाबारीका प्रमुख प्रेमकुमार श्रेष्ठकाे प्रमुख आथित्यतामा सम्पन्न साधारण सभाकाे सञ्चालन सस्थाका प्रबन्धक सराेज मेहेराले गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष दुर्गालाल श्रेष्ठले संस्थाको सेवा विस्तार, सदस्य–केन्द्रित नीति, पारदर्शिता र सहकारी मूल्य–मान्यतामा आधारित सुशासनलाई प्राथमिकता दिई संस्थालाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे ।

वार्षिक साधारण सभामा सहकारीका पदाधिकारी, शेयर सदस्य, स्थानीय सरोकारवालाहरू तथा आम आमन्त्रित सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्जन–व्यय विवरण, लेखा प्रतिवेदन र आगामी वर्षको योजना तथा बजेट प्रस्तुत गरिएको थियो ।
सभाका वक्ताहरूले सहकारी संस्था आर्थिक सबलीकरण र सामूहिक विकासको माध्यम भएको उल्लेख गर्दै गृहलक्ष्मी सहकारीले पारदर्शी र उत्तरदायी संस्थाको रूपमा उदाहरण प्रस्तुत गरेको धारणा राखेका थिए ।
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
