चारआली खानेपानीको परिषद् सभा सम्पन्न
चारआली । चारआली साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १७ औं वार्षिक परिषद सभा सम्पन्न भएको छ । मेचीनगर-१२ स्थित संस्थाको सभाहलमा सम्पन्न परिषद सभाले आगामी कार्यक्रमका खाका तथा योजना पारित गरेको छ ।
कार्यक्रममा खानेपानी संस्थाका सल्लाहकार ओमनाथ भण्डारी, प्राबिधिक रमेश यादव, बुधबारे खानेपानीका अध्यक्ष ध्रुव ओली लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा डम्बरप्रसाद ओझालाई नगदसहित दीर्घ सेवा सम्मान गरिएको छ । त्यसैगरी बिनोद घिमिरे र रोशन रिजाललाई नगद १५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मानपत्रद्वारा कर्मचारी प्रोत्साहन गरिएको थियो ।
त्यस्तै एक वर्षमा सबैभदा धेरै ४६ हजार रुपैयाँ र १८२ जनामध्येबाट सबैभन्दा कम समय अगावै महसुल तिर्ने पाँच जना उपभोक्तालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्व अध्यक्ष सरद शिवाकोटी, मेचीनगर-१२ का अध्यक्ष मधुसुधन निरौला, ११ का वडा अध्यक्ष रूद्र डाँगी, धुलाबारी खानेपानी संस्थाका सचिव उमेश सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।
संस्थका अध्यक्ष राजन चिमरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका प्रमुख सुरतलाल चौधरी रहेका थिए ।
खानेपानी संस्थाका कोषाध्यक्ष साउन मेचेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमको स्वागत उपाध्यक्ष मैया कार्कीले तथा सञ्चालन सचिव प्रेमराज घिमिरले गरेका थिए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
