बाढीपहिरो अपडेट : झापामा एकको मृत्यु, २५ हजारबढी विस्थापित
मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस हजार २३१ घरका परिवार विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ५ हजार ४८१ घरका २५ हजार २३१ जना परिवार बाढीका कारण विस्थापित भएका हुन् ।
शिवसताक्षी, अर्जुनधारा, भद्रपुर नगरपालिका, गौरीगंज र झापा गाउँपालिकाका उक्त संख्याका परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।
उनीहरू नजिकैको विद्यालय र आफन्तकोमा शरण लिएका छन् ।
यसैगरी आइतबार विहान ११ : ५० कनकाई-४, कनकाई माई खोलाको बिच भागको डिलमा अन्दाजी ६५ वर्षका पहाडी मुलकको जस्तो देखिने तत्काल नामथर वतन नखुलेको एक जना पुरुष व्यक्ती घोप्टो परी मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक रुपेश राईको कमाण्डमा टोली खटिएको छ ।
यस्तै बाहुनडाँगीमा हात्तीको छावा खोलाले बगाएर ल्याएपछि स्थानीयले समातेर डिभिजन वन कार्यालय झापालाई बुझाएका छन् ।
यसैगरी काँकरभिट्टा स्थित कालीखोलामा निर्माणाधीन एशियन हाइवेको सडक भत्किएपछि बाटो अवरूद्व भएको थियो । सडक छेउको बगानबाट साना गाडीहरू काँकरभिट्टा आउन/ जान थालेका छन् ।
त्यस्तै शिवसताक्षीमा पनि एशियन हाइवे सडकको डाइभर्सन भत्किएर यातायाता सूचारू हुन सकेको छैन ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...