आनन्दले बनाइदिए ध्वस्त भएको ट्राफिक प्रहरीको पोस्ट
धुलाबारी । जेनजी आन्दोलनको क्रममा तोडफोड भएको मेचीनगर–१० धुलाबारीस्थित ट्राफिक प्रहरीको अस्थायी कार्यालय र सार्वजनिक सीसी क्यामेरा स्थानीय युवा उद्योगी आनन्द खड्काले निजी खर्चमा पुनःस्थापना गरिदिएका छन् ।
भदौ २४ गते जेनजी आन्दोलन चर्किएसँगै भीडले चोकको रहेको ट्राफिक कार्यालय र सीसी क्यामेरा तोडफोड गरेर ध्वस्त बनाएको थियो । प्लाइउड उद्योगी खड्काले रु। तीन लाख ५० हजारको निजी खर्चमा ट्राफिकको कार्यालय निर्माण गर्नुका साथै चार वटा सीसी क्यामेरा जडान गरिदिएको बताए।

‘मुलुक विषम अवस्थाबाट गुज्रिरहेको बेला राज्यलाई सहयोग पुर्याउनु हरेक नागरिकको कत्र्तब्य हो भनेर मैले स्वस्फूर्त सहयोग गरेको हुँ,’ उनले भने– ‘देशमा नयाँ परिस्थिति आएको छ । सरकारी प्रशासनिक भवन र प्रहरीका कार्यालयहरु ध्वस्त भएका छन् । यो बेला शान्ति सुरक्षाका लागि मुख्य चोकमा सीसी क्यामेरा आवश्यक हुन्छ भनेर मैले सबै व्यवस्था गरिदिएको हुँ ।’

उनले जेनजी आन्दोलनकारीले आगजनी गरेको मेचीनगर–१५ स्थित ज्यामिरगढी प्रहरी चौकी र मेचीनगर–७ स्थित ट्राफिक प्रहरी पोस्टको समेत पुनःनिर्माण गरिदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
