ईटाभट्टामा बुधबारदेखि साप्ताहिक हाट बजार लाग्ने
मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि साप्ताहिक हाट बजार लाग्ने भएको छ । मंगलबार ईटाभट्टा हाट बजार व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बुधबारदेखि साप्ताहिक रूपमा हाट बजार लाग्ने जानकारी गराएको हो ।
समितका अध्यक्ष खडानन्द भण्डारीले धुलाबारी बजार भारतको पानीट्याङ्की बजार बन्द हुने भएकोले मेचीनगरको ८, ६ र ७ का नागरिकहरूलाई सहज र स्थानीय अर्गानिक बस्तुको बिक्री वितरणका लागि साप्ताहिक हाट बजार सुरू गर्न लागिएको बताए ।
मेचीनगर नगरपालिकाले वडा नम्बर ७ को कार्यालयको पछाडि पटिको ५ कठ्ठा जग्गा खरिद गरेर सात वर्षअघि टहरा बनाएर राखेको थियो । पत्रकार सम्मेलनको प्रमुख अतिथि वडाध्यक्ष प्रलादमणि ओलीले वडा नम्बर ७ र ८ मा उत्पादन भएका स्थानीय उत्पादनलाई प्राथमिकता दिने उदेश्यले हाट बजार स्थापना गरिएको बताए ।
उनका अनुसार हाट बजारमा स्थानीय कृषकले ढाकी, नाङ्लामा बेच्न ल्याउने अर्गानिक तरकारीहरू बिक्रीका लागि राखिने छ । हाट बजारको टहरामा करिव एक सय जना स्थानीय व्यापारीले अर्गानिक पसल राख्न सक्ने बताएको छ ।
बुधबार उक्त साप्ताहिक हाट बजारको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गर्नेछन् ।
कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायतको सहभागिता रहनेछ । पत्रकार सम्मेलनको सहजीकरण पत्रकार प्रकाश पौडेलले गरेका थिए ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
