रोटार्याक्ट र रोटरी क्लब अफ मेचीनगरद्वारा ‘मोहोर’ चलचित्रको च्यारिटी शो
मेचीनगर । झापाको विर्तामोडमा चलचित्र ‘मोहोर’को च्यारिटी शो गरिएको छ । आइतवार (२५ श्रावण २०८२) मा रोटरी क्लब अफ मेचीनगर र रोटार्याक्ट क्लब अफ मेचीनगरले च्यारिटी शो आयोजना गरेको हो ।
बिर्तामोडस्थित पाथिभरा सिने प्लाजा र क्यूएफएक्स सिनेमॅक्समा आयोजना गरिएको शोमा चर्चित पल शाहको समेत उपस्थिति रहेको थियो । दर्शक भेट कार्यक्रम अन्तर्गत शाहले चलचित्रप्रति दर्शकको प्रतिक्रिया सुनेका साथै सेल्फी खिच्दै सम्झना बाँडेका थिए । ‘मोहर’ अहिले देशभरका हलहरूमा प्रदर्शन भइरहेको छ । अन्य ठाउँको माया भन्दा झापाको माया ले धेरै खुसि भएको प्रतिकृया सम्मेत दिएका छन ।

सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले च्यारिटी मूभी शोको आयोजना गरिएको रोटरी क्लव अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठकले बताइन् । यस्ता च्यारिटी शोहरू आगामी दिनमा पनि निरन्तरता दिइने रोटरी क्लव अफ मेचीनगरकी अध्यक्ष पाठकले जानकारी दिइन् ।

कार्यक्रमलाई सफल बनाउन विभिन्न संघसंस्थाहरूले समर्थन जनाएका छन्, जसमा विटीएम मन्त्र थकाली, निम्तो, स्मार्ट जीम, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मुख्य प्रायोजकका रूपमा रहेका थिए ।
यस कार्यक्रममार्फत संकलित रकम सामाजिक कार्यमा खर्च गरिने बताइएको छ जसले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको रोटार्याक्ट क्लब अफ मेचीनगरका अध्यक्ष राज अग्रवालले अग्रवालले बताए । च्यारिटी शोमा मेचीनगरवाट कन्भेन्ट इङ्ग्लिस स्कुल होलीबेल इङ्ग्लिस स्कुल, इस्ट होराइजन, हिमालयन र ल्होसे इङ्ग्लिस स्कुलका विद्यार्थीको सहभागीता रहेको थियो ।

चलचित्र ‘मोहर’ले देवीदेवताको सेवाका नाममा अवोध कन्या बालिकालाई ‘देउकी’ बनाउने जस्ता अन्धविश्वासविरुद्ध जनचेतना जगाउने मुख्य सहायक निर्देशक गिरीराज घिमिरेले जानकारी दिए । उनले बालिकामाथि हुने परम्परागत सामाजिक हिंसाका घटनालाई चलचित्रले निरुत्साहित गर्ने सन्देश प्रवाह गर्ने बताए ।

चलचित्रमा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य र बाल कलाकार सारा शर्माको मुख्य भूमिका छ ।
दीपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी, थानेश्वर गौतम, एसडी योगीको सङ्गीत रहेको फिल्ममा रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र कुमार महर्जनको एक्सन छ । चलचित्रका निर्देशक ओम प्रतीक हुन् । प्रतिककै लेखन रहेको फिल्म चुम्बन जंग शाहीले निर्माण गरेका हुन् । फिल्म मेकर्स प्रा.लिको ब्यानरमा निर्माण भएको हो ।

काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
