जमघट चिया : ‘विज्ञसँग विद्यार्थी अभियान‘
मेचीनगर । जमघट चियालाई देशभरका भान्सामा पुर्याउने कम्पनीको नयाँ रणनीति यतिखेर प्रभावकारी बन्दै गएको छ ।
जमघटलाई चिनाउन कम्पनीले टिकटक भिडियो प्रतियोगिता आयोजना गरेपछि यतिखेर जमघट चियाको टिकटक बनाउँनेहरुको लहर नै चलेको छ ।
चियाका पारखी कलाकर्मीदेखि सेलिबे्रटीहरुले समेत टिकटक बनाउन थालेपछि चिया उद्योगको अवलोकन गर्न तथा चिया बगानमै पुगेर टिकटक बनाउनेहरुको संख्या समेत यतिखेर बढ्दै गएको छ । सोमबार मेचीनगर – ६ स्थित नर्थपोइन्ट अंग्रेजी माविमा अध्ययनरत ७० जना विद्यार्थी उद्योग परिसर पुगे । शिक्षक विकास राउतको नेतृत्वमा शिक्षक श्रृजना लिम्बू सहित चिया संसार प्राली पुगेका विद्यार्थीहरुले चियाको प्रशोधनका बारेमा जिज्ञासा राखेका थिए । उनीहरुले चियाको बोटदेखि उद्योगमा हुने प्रशोधन लगायतका विषयमा जानकारी लिए । हरियो पत्ती उद्योगमा कसरी प्रशोधन हुन्छ रु उनीहरुले नजिकबाट नियाल्ने अवसर पाएका थिए ।
उद्योगको अवलोकन पछि विद्यार्थीहरुलाई चिया क्षेत्रका विज्ञ राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्राविधिक अनन्त ढुंगानाले उनीहरुको जिज्ञासालाई मेटाउँदै नेपालमा चियाको विकास, बजारीकरण र यसको फाइदा तथा चियाको प्रशोधनका बारेमा जानकारी दिएका थिए ।

विद्याथीहरु उद्योगको अवलोकन गर्न आउँने भएपछि उद्योगले चिया क्षेत्रका विज्ञसँग विद्यार्थी भन्ने कार्यक्रम आयोजना गरेको हो । विद्यार्थहरुलाई चियाको बारेमा बुझाउन यो अभियान सुरु गर्यौ,’ उद्योगका सञ्चालक निरौलाले भने, ‘यो अभियान अब हरेक साता सञ्चालन हुन्छ ।’
उपभोक्तालाई चियाको बारेमा बुझाउन आँफूहरुले अभियान थालेको उनको भनाइ छ । ‘उद्योगले उत्पादन गर्छ, उपभोक्ताले चिया खान्छन’ तर यसको आवश्यक्ता र महत्व कहिल्यै बुझाइएन,’ उनले भने, ‘उद्योगको काम उपभोक्तालाई यसको महत्व र आवश्यक्ता बुझाउनु पनि हो हामी चियाको महत्व बुझाउन यो अभियान सञ्चालन गरिरहेको छौं ।’
उनले हाल १० लाख उपभोक्ता तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले टिकटकको माध्यमबाट जमघटलाई हेरिरहेको बताए ।
‘एक सयवटा टिकटक भिडियो हाम्रो अपेक्षा हो,’ उनले भने, ३२ वटा टिकटक भिडियो आइसक्यो, थपिने क्रम बढ्दो छ ।’ उद्योगमै आएर टिकटक बनाउनेदेखि विदेशबाट समेत टिकटक भिडियो प्राप्त भइरहेको उनको भनाइ छ । उनले यस अभियानमा जोडिने सबैलाई धन्यवाद दिँदै जमघट चियालाई एक पटक प्रयोग गर्न आग्रह समेत गरेका छन् । कार्यक्रममा सञ्चालकहरु यज्ञप्रसाद भण्डारी, शान्तिराम निरौला, समशेर बहादुर खड्का, माधव खतिवडा लगायतको सहभागिता रहेको थियो ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
