खिर खुवाएर जेष्ठ नागरिकले गर्यो सम्मान
मेचीनगर । जेष्ठ नागरिक वडा समितिले आज साउन १५ गते खिर खुवाएर कार्यक्रम गरेको छ। जेष्ठ नागरिक मेचीनगर ७ ले वडामा रहेका जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै खिर खुवाएर कार्यक्रम गरेको हो।
मेचीनगर-७ मा रहेको सत्य साहि भवनमा जेष्ठ नागरिकहरूलाई सम्मान ,आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरी कार्यक्रम सम्पन्न गरिएको छ। यो कार्यक्रमको सञ्चालन जेष्ठ नागरिक मञ्च मेचीनगरका सचिव रामप्रसाद ढुंगेलले गरेका थिए। कार्यक्रमको स्वागत उपाध्यक्ष अमर परियारले गरेका थिए ।
कार्यक्रममा मेची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष कञ्चन बराल, निर्वित्त शिक्षक समाज मेचीनगरका अध्यक्ष अग्नि घिमिरे, जेष्ठ नागरिक नगर समितिका सदस्य देवीप्रसाद काफ्ले, समाजसेवी बन्धन मुण्डा, भूतपूर्व सचिव लेखनाथ धिताल र मेचीनगर ७ का वडाध्यक्ष प्रहलाद मणि ओली लगायतको उपस्थिति रहेको थियो।
वडा अध्यक्ष ओलीले जेष्ठ नागरिकले गरेको यो कार्यक्रमको प्रशंसा गरेका थिए। जेष्ठ नागरिक समाज का अध्यक्ष पिताम्बर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा ३०० भन्दा बढी को सहभागिता रहेको थियो।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
