महेन्द्रद्वार सहकारी : ३० प्रतिशत डाउनपेमेन्टमा इन्डक्सन चुलो
मेचीनगर । महेन्द्रद्वार सहकारी संस्था लिमिटेड मेचीनगर-६, काँकरभिट्टाले आफ्नो सदस्यहरूका लागि नयाँ सुविधा ल्याउँदै नयाँ व्यवसायको सुरुवात गरेको छ। साेमबार एक कार्यक्रम आयाेजना गरि इन्डक्सन चुलो विक्री शुरू गरेकाे हाे ।
सहकारीले अब शेयर सदस्यहरूका लागि ३० प्रतिशत डाउनपेमेन्टमा इन्डक्सन चुलो वितरण गरिने सस्थाका अध्यक्ष राजु दाहालले बताए । बाँकी रकम विना व्याजमा १० किस्तामा तिर्न सकिने व्यवस्था गरिएको अध्यक्ष दाहालले बताए ।
नयाँ व्यवसाय अन्तर्गत बिना कुनै व्याज यस किस्ता सुविधा दिइएको छ, जसले सदस्यहरूलाई दैनिक जीवन सहज बनाउन ऊर्जा-दक्ष प्रविधिको पहुँच सरल बनाउने लक्ष्य लिएको अध्यक्ष दाहाले बताए । घरेलु प्रयोगका लागि सुरक्षित, छरितो र आधुनिक इन्डक्सन चुलो अब सबै शेयर सदस्यहरूका लागि सहज रूपमा उपलब्ध हुने भएको छ।
सहकारीले यो योजना साझेदारी र आत्मनिर्भरता प्रवर्द्धन गर्ने अभियानको एक भागका रूपमा सुरु गरेको जनाएको छ । यस कार्यक्रमले सहकारी सदस्यहरूबीच आर्थिक सहकार्य र प्रविधिको उपयोगमा पहुँच वृद्धि गर्ने अपेक्षा लिइएको दाहालले बताए
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...