राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
मेचीनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मेचीनगरको पाँचौँ नगर अधिवेशनले अध्यक्षमा चन्द्र निरौलालाई सर्वसम्मत चयन गरेको छ ।
शनिबार धुलाबारी स्थित पासाङल्यामु स्मृति प्रतिष्ठान (टाउन हल) आयोजना गरेको नगर अधिवेशनले निरौलालाई अध्यक्षमा चयन गरेको हो ।
निरौला यसअघि दुई पटक पार्टीको नगर सचिव भइसकेका युवा नेता हुन् । चार वर्षे कार्यकालका लागि निरौलाको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति चयन भएको हो ।
जसको सदस्यहरुमा सूर्यबहादुर राई, राजननाथ वेडारी, कृष्णबहादुर खड्का, चन्द्रप्रसाद सुवेदी, पर्शुराम पराजुली, गिरीराज पौडेल, शारदा पराजुली, मनिता गरिी, धनमाया गौतम, अस्मिता खरेल, सन्तोष भट्टराई रहेका छन् ।
त्यस्तै हमनाथ बराल, भक्तिप्रसाद गौडतौला, लक्ष्मणकुमार लिम्बु, देविमाया शिवाकोटी, बासुदेव उप्रेती, कुशुम कटुवाल, गोविन्द न्यौपाने, खड्ग श्रेष्ठ र ईन्द्रबहादुर थापा सदस्यमा चयन भएका छन् ।
नयाँ सर्वसम्मत निर्वाचित समितिको नाम निर्वाचन समिति संयोजक टंक कटुवालले घोषणा गरेका थिए ।
नयाँ समितिलाई पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, केन्द्रीय सदस्यहरु खुश्बु ओली, नरेन्द्रकुमार खड्का, नगर अध्यक्ष सविना बजगाई लगायतले खादा, टीका र अविर लगाएर कार्यकाल सफलताको शुभकामनासहित बधाई ज्ञापन गरेका थिए ।
अध्यक्ष बजगाईले निरौलालाई माइन्यूट हस्तान्तरण पनि गरेकी थिइन् । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष निरौलाले प्रतिबद्वता मन्तव्य व्यक्त गरेका थिए ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
